+
+

दक्षिण एसियाली क्रस कन्ट्री च्याम्पियनसीपका लागि १२ एथलेटिक्स खेलाडी भारत जाने

चैत १२ गते हुने प्रतियोगितामा नेपालबाट सिनियरमा ३–३ तथा जुनियरमा ३-३ पुरुष-महिला गरी १२ खेलाडी सहभागी हुने छन् ।

अनलाइनखबर अनलाइनखबर
२०७८ चैत ७ गते १९:४१

७ चैत, काठमाडौं । दक्षिण एसियाली क्रस कन्ट्री एथलेटिक्स च्याम्पियनसिपमा सहभागी हुन १२ खेलाडीसहित १४ सदस्यीय नेपाली टोली मंगलबार भारतको नागाल्यान्ड प्रस्थान गर्दैछ ।

चैत १२ गते हुने प्रतियोगितामा नेपालबाट सिनियरमा ३–३ तथा जुनियरमा ३-३ पुरुष-महिला गरी १२ खेलाडी सहभागी हुने छन् ।

सिनियरको पुरुषमा मुकेशबहादुर पाल, सन्तोषनाथ योगी र सन्तोषविक्रम विष्ट तथा महिलामा राजपुरा पछाईं, फुलमति राना र बन्दना बुढा रहेका छन् । उनीहरुले १० किलोमिटर दूरीमा व्यक्तिगत र टिम स्पर्धामा प्रतिस्पर्धा गर्ने छन् ।

जुनियरको पुरुषमा बादल कार्की, अतुल गोरिया र दीपेन्द्र बोहरा तथा महिलामा समिता बुढा, राममाया कार्की र विमला कार्की छन् । खेलाडीले टिम र व्यक्तिगत स्पर्धामा खेल्ने छन् । पुरुषको ८ किलोमिटर र महिलाको ६ किलोमिटर दूरीमा खेल हुने छ ।

अफिसियलमा नेपाल एथलेटिक्स संघका सचिव आरके विष्ट र प्रशिक्षकमा कान्ती यादव छन् ।

टोलीलाई सफलताको शुभकामना दिदै राष्ट्रिय खेलकुद परिषद्का निमित्त सदस्य-सचिव कुलबहादुरले सोमबार एक कार्यक्रमबीच बिदाइ गरे ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?