+
+

एमाले प्रवेश गर्नेहरुले किन गरेँ भन्नुपर्दैन : ओली

अनलाइनखबर अनलाइनखबर
२०७८ चैत ८ गते १५:२७

८ चैत, काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले एमाले प्रवेश गर्नेहरुले पछुताउनुनपर्ने बताएका छन् ।

मंगलबार काठमाडौंमा आयोजित एक कार्यक्रमकाबीच प्रेमबहादुर सिंह नेतृत्वको समाजवादी जनता पार्टी, अभिनेत्री करिश्मा मानन्धर लगायतलाई पार्टीमा प्रवेश गराउँदै ओलीले एमाले आउनेहरुले पछुताउनुनपर्ने बताएका हुन् ।

‘देशको सीमा, सार्वभौमसत्ताको सुरक्षा हुन्छ भने स्वाधीनता, स्वतन्त्रता, लोकतन्त्र सुरक्षित हुन्छ भने व्यक्तिगत हितहरु असुरक्षित हुन्छन् भन्ने हुँदैन । र कसैले पनि एमालेमा किन प्रवेश गरेँ भन्नुपर्दैन’ ओलीले भने ।

उनले आउँदो चुनावमा एमालेले बहुमत ल्याउने दाबी गरे । ‘आगामी चुनावमा हामी बहुमत ल्याउँछौं र बहुमत ल्याउनुपर्छ यस देशका लागि । हामीले बहुमत ल्याउनुपर्छ साथीहरु बहुमत ल्याउनेगरी लाग्नुस्’ ओलीले भने ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?