+
+

गगनको अभिव्यक्तिमा ओलीको प्रश्न : सभामुखलाई के भन्या त्यो ?

अनलाइनखबर अनलाइनखबर
२०८१ जेठ २ गते १६:२२

२ जेठ, काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसका महामन्त्री गगन थापाले २८ वैशाखमा संसदमा दिएको अभिव्यक्तिमाथि प्रश्न उठाएका छन् ।

२८ वैशाख २०८१ मा बसेको प्रतिनिधि सभाको बैठकमा कांग्रेस महामन्त्री थापालाई सभामुखले ३ मिनेट समय दिएका थिए । उनी बोल्दै जाँदा सभामुखले २ मिनेट समय थप गरिएको बताएका थिए । त्यस क्रममा थापाले आफूलाई निगाहाको समय चाहिँदैन हकको समय चाहिने अभिव्यक्ति दिएका थिए ।

एमाले अध्यक्ष ओलीले बुधबार पार्टीको संसदीय दलको बैठकलाई सम्बोधन गर्दै कांग्रेस महामन्त्री थापाको अभिव्यक्ति मर्यादित नभएको बताए ।

‘सभामुखलाई के भन्या त्यो ? तपाईंले दिएको निगाहाको समय चाहिँदैन । अनि सभामुखले दिएको समयमा नबोलेर घरबाटै ल्याएको समयमा बोल्ने ?’ महामन्त्री थापालाई ओलीको प्रश्न छ, ‘आफ्नो स्वेच्छाचारिता हुन्छ संसदमा ?’

थापाले कांग्रेसको महामन्त्री पद अनुसारको अभिव्यक्ति नदिएको ओलीको टिप्पणी छ । उनी भन्छन्, ‘के भन्या कांग्रेसको पनि महामन्त्री जस्तो पद समातेर बस्या मान्छेले ? के बोल्या त्यो ? कि कांग्रेसको कार्यकर्ता भयो भने कुनै पद ओहोदामा केहीमा भएपनि कसैलाई सम्मान गर्न नपर्ने हो ?

२८ वैशाखमा बसेको बैठकमा सभामुख देवराज घिमिरेले अधिवेशन आह्वान सम्बन्धी पत्र पढेर सुनाएपछि कांग्रेस सांसदहरुले अवरोध गरेका थिए । कांग्रेसको अवरोधकाबीच सभामुख अगाडि बढ्न खोजेपछि कांग्रेसका सांसदहरुले टेबुल ठोकेर विरोध गरे ।

त्यसपछि सभामुख घिमिरेले महामन्त्री थापालाई बोल्न तीन मिनेट समय दिएका थिए । कांग्रेस सांसदहरुले कम समय दिएको भनेर फ्लोरबाटै विरोध जनाए ।

महामन्त्री थापा बोल्न थाले । तीन मिनेट समय कटाएपछि सभामुखले दुई मिनेट थपिदिएको बताए । त्यसपछि महामन्त्री थापाले सभामुख लक्षित अभिव्यक्ति दिए ।

‘मलाई समय नदिए पनि केही छैन । किनकि मलाई निगाहाको समय चाहिंदैन । मलाई मेरो हकको समय चाहिन्छ’ महामन्त्री थापाले भनेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?