+
+

सातदोबाटो-चापागाउँ सडकखण्ड आज पनि बन्द

अनलाइनखबर अनलाइनखबर
२०७८ चैत ९ गते १०:०४
हिजो स्थानीयले गराएको सडक बन्दमा मदनकृष्ण श्रेष्ठले पनि साथ दिएका थिए ।

९ चैत, काठमाडौं । ललितपुरको सातदोबाटो-चापागाउँ सडकखण्ड स्थानीयले आज पनि बन्द गराएका छन् । स्थानीयको अवरोधका सो सडकखण्डमा सवारी आवागमन प्रभावित भएको छ ।

हिजो पनि स्थानीयले आवागमन बन्द गराएका थिए । स्थानीयलाई साथ दिन कलाकार मदनकृष्ण श्रेष्ठ पनि त्यहाँ पुगेका थिए ।

ठेकदारले सडक मर्मत कार्य शुरु गरे पनि पूर्णरुपले मर्मत नसकिएसम्म गाडी चल्न नदिने स्थानीयले बताएका छन् । उनीहरुले चिबहाल र सुनाकोठीमा बाँसका भाटा तेर्स्याएर सडक बन्द गराएका छन् ।

सातदोबाटो–चापागाउँ चल्ने सवारी साधनहरुलाई वैकल्पिक बाटोको रुपमा धापाखेल-सुमेरु अस्पताल-सातदोबाटो हुँदै आउ-जाउ गर्ने व्यवस्था मिलाइएको छ ।

ढोलाहिटीदेखि चापागाउँसम्म एक वर्ष अघि बाटो पिच गरेर मर्मत गरे पनि धेरै खण्डमा अहिले बाटो बिग्रिएको छ । घाम लाग्दा धुलो उड्ने र पानी पर्दा हिलो हुने समस्याले स्थानीयवासी र सो सडकखण्डमा यात्रा गर्नेहरु हैरान छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?