+
+
युक्रेन-रुस युद्धको असर :

भारतबाट हुुने विद्युत् आयात प्रभावित, प्राधिकरणलाई संकट

अनलाइनखबर अनलाइनखबर
२०७८ चैत ९ गते ११:३१

९ चैत, काठमाडौं । मूल्य आकासिएर किन्न नसकेपछि भारतबाट नेपालमा दैनिक हुने बिजुली आयात करिब ७० प्रतिशतले घटेको छ । यसले मागअनुसार विद्युत आपूर्तिमा समस्या पर्ने देखिएको छ ।

नदीमा पानीको सतह घट्ने भएकाले चैत महिना भारतबाट सबैभन्दा बढी विद्युत ल्याउनुपर्छ । विद्युत प्राधिकरणका प्रवक्ता सुरेशबहादुर भट्टराईका अनुसार दैनिक १२ हजार मेगावाट/आवर बिजुली भारतबाट ल्याउनुपर्छ ।

तर, भारतमा बिजुली चरम रुपमा महगिंदा आयात गर्न कठिन भएको उनले बताए । ‘महँगो भएपछि हामीले बिजुली किन्न हालेका ‘बिड’हरू परिरहेको छैन,’ उनले भने,’हामीले हालेको रेटभन्दा बढी मूल्यमा बिजुली अरुले नै किनेपछि विद्युत आपूर्ति आयात प्रभावित हुने अवस्था आयो ।’

यसले गर्दा प्राधिकरणले उद्योगहरुमा दिने बिजुली कटौती गर्न थालेको छ ।

युक्रेन-रुस युद्ध सुरू भएपछि भारतमा बिजुलीको मूल्य आकासिएको छ । भारतबाट नेपालले प्रतिस्पर्धी दरमा विद्युत किनिरहेको छ । उच्च मूल्यमा भारतमै बिजुली बिक्री हुन थालेपछि प्राधिरकणले गरेका ‘बिड’ स्वीकृत हुन सकेका छैनन् ।

विद्युत प्राधिरकणले भारतसँग विद्युत खरिदका लागि सम्झौता गरेका भारतको एटीपीसी विद्युत व्यापार निगम र पावर ट्रेड कर्पोरेसनले पनि मूल्य आकासिए पछि विद्युत आपूर्ति सुनिश्चित गर्न सकेका छैनन् । यसले प्राधिकरणलाई संकट पर्ने देखिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?