+
+

कार अफ द इयर २०२२ : शीर्ष फाइनलिस्टमा सबै इलेक्ट्रिक कार

अनलाइनखबर अनलाइनखबर
२०७८ चैत ९ गते १८:४३

काठमाडौं । वर्ल्ड कार अवार्डका आयोजकहरूले चाँडै नै तीन फाइनलिस्टहरू मध्ये एउटालाई विश्व प्रसिद्ध ‘वर्ल्ड कार अफ द इयर २०२२’ को विजेता घोषणा गर्नेछन् । डब्ल्यूसीओटीवाई (WCOTY ) भनिने यो अवार्डको फाइनलमा इतिहासमै पहिलो पटक तीनवटै इलेक्ट्रिक कारहरू रहेका छन् ।

सन् २०२२ को वर्ल्ड कार अवार्डको फाइनलमा फर्ड मुस्ताङ मार्च-ई, हुन्डाइ आयोनिक-५ र किया ईभी६ परेका छन् । आयोजकले १३ अप्रिलमा हुने न्यूयोर्क इन्टरनेशनल अटो शोमा यी तीन विद्युतीय कारहरू मध्ये एउटालाई विजेता घोषणा गर्नेछन् । उक्त समारोहमा वर्ल्ड लक्जरी कार, वर्ल्ड परफमेन्स कार र वर्ल्ड इलेक्ट्रिक भेहिकल अफ द इयर लगायतका समूहगत विधाहरूमा पनि पुरस्कार वितरण गरिनेछ।

इलेक्ट्रिक कारहरूको लागि छुट्टै श्रेणी रहेता पनि कार अफ द इयरमा तीनओटै फाइनलिस्टहरू ईभी हुनुलाई उत्सुकताका साथ हेरिएको छ । कार अफ द इयरको तीनवटै फाइनलिस्ट ईभी रहे पनि हुन्डाइ को आयोनिक५ ( IONIQ 5) बाहेक अन्य कार इलेक्ट्रिक कारहरूको श्रेणीमा भने परेनन् । यी दुवै श्रेणीमा फाइनलमा पुग्नुका साथै वर्ल्ड कार डिजाइन अवार्डको पनि फाइनलमा पुगेको हुनाले सन् २०२२ मा हुन्डाइ आयोनिक५ले कुनै न कुनै अवार्ड पाउने निश्चित जस्तै छ ।

यो वर्ष फाइनलमा कुनै पनि आईसीई (इन्टरनल कम्बसन इन्जिन) कार नपर्नुलाई आश्चर्यको रुपमा हेरिएको छ । सन् २०२१ मा फाइनल प्रतिस्पर्धामा फक्सवागन आईडी.४, होन्डा ईसँगै टोयोटा यारिस रहेका थिए । फाइनलमा फक्सवागन आईडी.४ ले पुरस्कार जिते पनि टोयोटा यारिसले कम्तीमा कम्बसन कारहरूको प्रतिनिधित्व गरेको थियो ।

तर यो वर्ष त्यस्तो नहुनुको अर्थ अबदेखि आईसीई कार कहिल्यै अवार्डको लागि प्रतिस्पर्धामा आउँदैन भन्ने होइन । तर यसले निश्चित रूपमा मानिसहरूले एउटा कारमा खोज्ने गुणहरू फेरिएको हो कि भन्ने जनाउँछ । अथवा अब इलेक्ट्रिक कारहरू पनि आई.सी.ई. कारहरूको दाँजोमा अब्बल भएका छन् भन्ने पनि बुझ्न सकिन्छ ।

विभिन्न ३३ देशका १०२ अटोमोटिभ पत्रकारहरूको निर्णायक मण्डलद्वारा छनोट गरिने डब्ल्यूसीए अवार्डमा तीनवटै इलेक्ट्रिक कार पर्नु निकै राम्रो कुरा हो । यसरी इलेक्ट्रिक गाडीहरूले पुरस्कारहरू पाउनुले अन्य कार निर्माताहरू पनि नयाँ-नयाँ ईभी बनाउन प्रेरित हुने विश्वास लिन सकिन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?