+
+

नेपालगञ्जमा प्लाष्टिकले बेरेको अवस्थामा शव भेटियो

अनलाइनखबर अनलाइनखबर
२०७८ चैत १० गते १४:४२

१० चैत, दाङ । नेपालगञ्जमा प्लाष्टिकले बेरेको अवस्थामा शव फेला परेको छ ।

नेपालगञ्ज उपमहानगरपालिका- २०, राँझा विमानस्थल परिसरको पूर्वी कम्पाउण्ड बाहिर सुर्खेत घर भएका बालकृष्ण वलीको शव फेला परेको बाँके प्रहरी प्रवक्ता डीएसपी मधुसुदन न्यौपानेले जानकारी दिए।

३० वर्षीय वलीको शव प्लाष्टिकले बेरेको अवस्थामा फेला परेको हो । प्रहरीका अनुसार मृतकको शरीरमा कुनै चोटपटक देखिएको छैन । घटनाबारे थप अनुसन्धान भइरहेकै प्रहरीले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Khusi
                                chhu

खुसी

Dukhi
                                chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?