+
+

एमाले बैठक : चैत मसान्तभित्र उम्मेदवार सिफारिस गर्न निर्देशन

अनलाइनखबर अनलाइनखबर
२०७८ चैत १० गते १५:५१

१० चैत, काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले आगामी स्थानीय तहको निर्वाचनका लागि चैत मसान्तचित्र उम्मेदवारहरु सिफारिस गर्न निर्देशन दिएको छ ।

बिहीबार बसेको केन्द्रीय कमिटीको बैठकले मापदण्ड पास गर्दै एक महिलासहित ३ जना उम्मेदवार सिफारिस गर्न भनेको हो ।

प्रचार विभाग उपप्रमुख विष्णु रिजालका अनुसार पार्टी नीति र कार्यक्रमप्रतिको प्रतिवद्धता, निर्वाचित जनप्रतिनिधिको कामको मूल्यांकन, लोकप्रियता र विजयको सुनिश्चितता, आन्दोलनमा योगदान र पार्टीप्रतिको निष्ठा, कार्यक्षमता एवं सुशासन र विकासप्रतिको दृष्टिकोण तथा सन्तुलन र समावेशितालाई उम्मेदवार चयनको आधार बनाइएको छ ।

साथै वडाध्यक्ष र सदस्यको उम्मेदवार वडा कमिटीले सिफारिस गर्ने र जिल्लाले निर्णय गर्ने तय गरिएको छ । नगर तथा गाउँपालिका प्रमुख र उपप्रमुखको उम्मेदवार पालिका र जिल्लाले सिफारिसमा प्रदेश कमिटीले तोक्नेछ ।

उपमहानगर र महानगरका प्रमुख र उपप्रमुखको उम्मेदवारहरु भने पालिका, जिल्ला र प्रदेशको सिफारिसमा केन्द्रीय कमिटीले तय गर्ने एमालेको निर्णय छ ।

प्रचार विभागका उपप्रमुख रिजालका अनुसार तल्लो कमिटीबाट आएका उम्मेदवारमा बीचको कमिटीले पनि आफ्नो तर्फबाट नाम थपेर माथिल्लो कमिटीमा सिफारिस गर्न सक्नेछ । बैठकपछि सञ्चारकर्मीहरुसँग कुरा गर्दै रिजालले भने, ‘चैत मसान्तभित्र उम्मेदवार सिफारिस गरिसक्न निर्देशन दिएका छौं ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?