
१० चैत,बुटवल । रुपन्देहीको देवदहस्थित प्रगति सामुदायिक वन उपभोक्ता समूहको नयां नेतृत्वका लागि भएको चुनावमा उपाध्यक्षबाहेक सबै पदमा सत्ता गठबन्धनका उम्मेदवारहरु विजयी भएका छन् ।
बिहीबार सम्पन्न निर्वाचनमा अध्यक्ष पदमा गठबन्धनका उम्मेदवार दुर्गा बहादुर रानाले नेकपा एमालेका उम्मेदवार ईश्वरी घिमिरेलाई पराजित गरेका हुन् । खसेको ४ सय ३९ मत मध्ये गठबन्धनका रानाले २ सय ३६ मत पाएर बिजयी हुँदा घिमिरेले २ सय १ मत प्राप्त गरे ।
वरिष्ठ उपाध्यक्षमा डोलराज न्यौपाने, उपाध्यक्षमा दिपक पाण्डे, सचिवमा बर्षा तिवारी, कोषाध्यक्षमा ऋषिराम खनाल र सह–सचिवमा मनोज थापा विजयी भएका निर्वाचन संयोजक चन्द्र बहादुर भाटले जानकारी दिए ।
यसअघि केरवानी माध्यमिक विद्यालय व्यवस्थापन समितिको चुनावमा पनि सत्ता गठबन्धन विजयी भएको थियो भने खानेपानीको चुनावमा भने एमालेले सत्ता गठबन्धनलाई पराजित गरेको थियो ।
स्थानीय तह चुनाव नजिकिएसँगै सामाजिक संघसंस्थाको चुनावलाई दलहरुले प्रतिष्ठाको विषय बनाउँदै आएका छन् ।
प्रतिक्रिया 4