+
+

कांग्रेसको तुलना अरुसँग हुनै सक्दैन : प्रकाशमान

अनलाइनखबर अनलाइनखबर
२०७८ चैत १३ गते १०:१७

१३ चैत, काठमाडौं । नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले कामको कुरामा नेपाली कांग्रेससँग अरु दलहरुको तुलना हुनै नसक्ने बताएका छन् ।

नेपाली कांग्रेस जनताको मनमा बसेको पुरानो र भरपर्दाे पार्टी भएको दाबी गर्दै उनले देश संकटमा परेको बेला निकास दिने र विकासको काम गर्ने कुरामा कांग्रेस सधैं अगाडि रहेको उनले दाबी गरे ।

कांग्रेस नेतृत्वको सरकारले नै नयाँ संविधान जारी गरेको, संसद विघटनको कारण संविधान र लोकतन्त्र माथि प्रहार भएको बेला परिस्थितिलाई सम्हालेर कांग्रेसले नै निकास दिएको उनले बताए ।

नेपाली कांग्रेसको एक महिने चुनावी अभियान अन्तरगत आज काठमाडौंको नयाँबानेश्वरमा आयोजित कार्यक्रममा बोल्दै उनले सो कुरा बताएका हुन् ।

स्थानीय निर्वाचनका सबन्धमा कांग्रेसले जारी केन्द्रीय समिति बैठकबाट उपयुक्त निर्णय लिने समेत उनले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?