+
+

रुस-युक्रेन युद्ध : यस्ता वेबसाइट, एप र युट्युबमा रोकिँदैछ गुगल विज्ञापन

अनलाइनखबर अनलाइनखबर
२०७८ चैत १३ गते १२:४३

१३ चैत, काठमाडौं । अल्फाबेट कम्पनी स्वामित्वको गुगलले युक्रेनमाथि भैरहेको रुसी आक्रमणलाई नजरअन्दाज गर्ने, रुसी हिंसाको यथार्थलाई ढाकछोप गर्ने तथा दुरुपयोग गर्ने सामाग्रीहरु प्रकाशन तथा प्रशारण गर्ने वेबसाइट, एप र युट्युब च्यानललाई विज्ञापन नदिने भएको छ ।

प्रकाशकहरुलाई विज्ञापनमार्फत् आम्दानीको लागि सहयोग गर्ने गरेको गुगलले युक्रेनमा व्याप्त दर्दनाक घटनाहरुलाई नजरअन्दाज गर्ने वा अस्विकार गर्ने तथा हिंसालाई मलजल गर्ने सामाग्रीहरु प्रकाशन गर्ने एप, साइट तथा युट्युब च्यानललाई विज्ञापन दिन बन्द गर्ने निर्णय गरिएको जनाएको छ ।

युद्धको अवस्थामा लागू हुने नीति कार्यान्वयन गर्ने गुगलले यस्तो निर्णय गरेको हो । गुगलका प्रवक्ता माइकल एसिम्यान भन्छन् : हामीले केही हदसम्म युक्रेन युद्धसँग सम्बन्धित मौद्रिकीकरण निर्देशिकालाई विस्तार गर्ने तथा थप प्रष्ट पार्ने काम गर्दैछौँ ।

गुगलको नयाँ नीति अनुसार अब युक्रेनमा पीडित जनताहरु नै वर्तमान संकटको लागि जिम्मेवार छन् भन्ने जस्ता पीडितलाई नै दोष थोपर्ने खाले सामाग्रीका साथै युक्रेनले आफ्ना जनतामाथि नरसंहार गरिरहेको छ, नागरिकमाथि योजनाबद्ध तरिकाले आक्रमण गरिरहेको छ भन्ने खालका दाबीयुक्त सामाग्री प्रकाशन तथा प्रशारण गर्ने युट्युब च्यानल, साइट र एपहरुमा आफ्ना विज्ञापन प्रकाशन गर्नेछैन ।

साथै आफ्नो लाभका लागि संवेदनशील तथा हिंसाजन्य घटनालाई भजाउने खालका सामाग्रीमा पनि गुगलले विज्ञापन दिनेछैन ।

स्मरण रहोस् पश्चिमा मिडियाहरुले युक्रेनका बारेमा गलत समाचार प्रशारण गरिरहेको रुसको आरोप छ । युक्रेनलाई निसस्त्रीकरण तथा सैन्यमुक्त बनाउनका लागि विशेष अभियान चलाएको रुसको दाबी छ ।

युक्रेनमा जारी रुसी आक्रमणका सम्बन्धमा फर्जी समाचारहरुलाई ठाउँ दिएको भन्दै रुसले बुधबार रुसमा गुगल न्यूज बन्द गरेको थियो ।

पश्चिमा मुलुकका धेरै विज्ञापन तथा सोसल मिडिया सर्भिसहरुले रुसमाथि विभिन्न खाले बन्देज लगाएका छन् ।

युरोपेली युनियनले रुसको सरकारी मिडिया आरटी र स्पुतनिकमाथि प्रतिबन्ध लगाएको छ भने गुगलले रुसमा आफ्नो अनलाइन विज्ञापन बिक्रि रोकेको छ । एजेन्सीको सहयोगमा

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?