
१४ चैत, दाङ । दाङको तुलसीपुरमा राजा वीरेन्द्र शाहको शालिक पुनर्स्थापना गरिएको छ ।
२०६२/०६३ को जनआन्दोलनको समयमा तुलसीपुरको वीरेन्द्र चोकमा रहेको राजा वीरेन्द्रको शालिक तोडफोड गरिएको थियो । झण्डै १५ वर्ष पछि सोमबार पुन: वीरेन्द्रको सालिक स्थापना गरिएको हो ।
तुलसीपुर उपमहानगरपालिका वडा नं. ५ को आह्वानमा मेटिएको इतिहासलाई बचाउने प्रयास गरिएको वडा अध्यक्ष वीरेन्द्र शाहले बताए । उनले ३ लाख बराबरको लगानीमा मूर्ति स्थापना गरिएको बताए ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4