+
+

अदालतका विकृति-विसंगति छानबिन गर्न स्वतन्त्र आयोग चाहिन्छ : प्रस्तावित न्यायाधीश श्रेष्ठ

अनलाइनखबर अनलाइनखबर
२०७८ चैत १५ गते १२:४३

१५ चैत, काठमाडौं । सर्वोच्च अदालतका प्रस्तावित न्यायाधीश तिलप्रसाद श्रेष्ठले अदालतमा हुने विकृति, विसंगति र भ्रष्टाचार छानबिन गर्न स्वतन्त्र आयोग आवश्यक रहेको बताएका छन् ।

मंगलबार संसदीय सुनुवाइ समितिमा सांसदहरुले सोधेका प्रश्नको जवाफ दिँदै उनले स्वतन्त्र न्यायिक राष्ट्रिय अनुसन्धान आयोग गठन गर्नुपर्ने धारणा राखेका हुन् ।

‘स्वतन्त्र न्यायिक राष्ट्रिय अनुसन्धान आयोग गठन गर्नुपर्छ । विकृति, विसंगति र भ्रष्ट्राचारका कुरा आउँदा कसले जाँच गर्ने त ? यसकारण यो हेर्ने गरी आयोग बनाउन सकिन्छ’ उनले भने ।

हाल उच्च अदालत विराटनगरका मुख्य न्यायाधीश रहेका श्रेष्ठले सर्वोच्च अदालतमा मुद्दाको वक्यौता समस्याको रुपमा देखिएको भन्दै सर्वोच्चमा मुद्दाको चाप घटाउन अदालतको क्षेत्राधिकारमै विचार गर्नुपर्ने धारणा राखे ।

त्यस्तै न्यायाधीशको संख्या थप्ने, न्यायाधीशको काम गर्ने समय थप्ने आदि उपाय अपनाएर वक्यौता कम गर्न सकिने श्रेष्ठले बताए ।

प्रस्तावित न्यायाधीश श्रेष्ठले चिलीको उदाहरण दिँदै नेपालमा पनि न्यायिक सेवा निशुल्क गर्न सकिने बताए । त्यसका लागि राज्यलाई ठूलो भार पनि नपर्ने उनको भनाइ छ ।

‘चिलीले सबै न्यायियक सेवालाई निशुल्क गरेको छ । हामीले किन नगर्ने ? निशुल्क भयो भयो बेतिथी कम हुन सक्छ भन्ने लाग्छ । न्यायिक सेवा निशुल्क गर्दा राज्यलाई ठूलो भार पनि पर्दैन’ प्रस्तावित न्यायाधीश श्रेष्ठले भने ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?