+
+

स्थानीय चुनावको रणनीतिबारे लोसपामा छलफल सुरु

अनलाइनखबर अनलाइनखबर
२०७८ चैत १६ गते १७:३७

१६ चैत, काठमाडौं । लोकतान्त्रिक समाजवादी पार्टीको केन्द्रीय कार्यकारिणी समितिको बैठकमा स्थानीय तहको निर्वाचन अपनाउने रणनीतिबारे छलफल सुरु गरेको छ ।

बुधवार पार्टी कार्यालय बबरमहलमा बसेको समितिको बैठकमा स्थानीय तहको निर्वाचन र निर्वाचन आयोगले परिमार्जन गर्न भनेको विषयमा छलफल भएको हो ।

बैठकपछि बोल्दै लोसपाका नेता लक्ष्मणलाल कर्णले समितिको बैठकमा नेताहरुले ३० वैशाखमा हुने स्थानीय तहको निर्वाचनका बारेमा आफ्नो मत राखेका जानकारी दिए ।

‘स्थानीय निर्वाचन धेरै नजिक आयो, स्थानीय निर्वाचनमा कसरी जान के गर्ने ? र अहिलेसम्म हामीले के गरेका छौं ?’ उनले भने, ‘पार्टीको एक्टिभिटी त्यो सम्बन्धमा व्यापक छलफल भयो ।’

नेताहरुले बोल्ने क्रम नसकिएकोले बैठक बिहीबार पनि बस्ने छ । बिहीबारको बैठकले विधान परिमार्जनको मस्यौदालाई टुंगो लगाउने उनले जानकारी दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?