+
+

काठमाडौं विश्वविद्यालयलाई मुक्तिनाथ विकास बैंकको सहयोग

अनलाइनखबर अनलाइनखबर
२०७८ चैत १७ गते १७:१८

काठमाडौं । मुक्तिनाथ विकास बैंक लिमिटेडले काभ्रेमा रहेको काठमाडौं विश्वविद्यालयलाई आर्थिक सहयोग गरेको छ ।

आईयू क्यूबस्याटस् स्याटेलाइट निर्माणका लागि सामाजिक उतरदायित्व अन्तरगत विश्वविद्यालयलाई आर्थिक सहयोग गरेको बैंकले जनाएको छ ।

काठमाडौं विश्वविद्यालय  र अन्तरिक्ष प्रतिष्ठान नेपालको सहकार्यमा १२ जना विद्यार्थीहरु आईयू क्यूबस्याटस् स्याटेलाइटको निर्माण कार्यमा जुटेका छन् । उक्त स्याटेलाइट सन् २०२३ सम्म अन्तरिक्षमा उडान गर्ने तयारी छ । बैंकले उक्त स्याटेलाइट निर्माणका लागि ७५ हजार रुपैयाँको चेक हस्तानतरण गरेको हो ।

चेक हस्तान्तरण कार्यक्रममा बैंकका प्रमुख बजारीकरण प्रबर्द्धन तथा संस्थागत मामिला विभाग वसन्त बक्सी, बैंकका अन्य कर्मचारी लगायतको सहभागिता रहेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?