+
+

महजोडीले ल्याए साइबर अपराधसम्बन्धी फिल्म ‘अनुष्का’

अनलाइनखबर अनलाइनखबर
२०७८ चैत १८ गते १५:४७

काठमाडौं । वरिष्ठ हास्य कलाकारद्वय मदनकृष्ण श्रेष्ठ र हरिवंश आचार्यले साइबर अपराधसम्बन्धी फिल्म ‘अनुष्का’ दर्शकमाझ ल्याएका छन् ।

महसञ्चार युट्युब च्यानलमा सार्वजनिक भएको फिल्मले साइबर सुरक्षा र चेतनाबारे जानकारी दिन्छ । फिल्ममा महजोडीसहित अन्य कलाकारले अभिनय गरेका छन् ।

हास्यव्यंग्यमार्फत जनचेतना जगाउँदै आएको महजोडीले दुई साताअघि ‘हुण्डी’ नामको छोटो फिल्म पनि ल्याएका थिए । विदेशबाट गैरकानुनी रूपमा पैसा पठाउँदा कस्ता समस्या हुन्छन् भन्ने विषयमा केन्द्रित ‘हुण्डी’ले समाजमा सकारात्मक प्रभाव पारेको निर्माताले जनाएका छन् ।

यसअघि चेलिबेटी बेचबिखनको कथालाई समेटेर निर्माण गरिएको हरिवंश आचार्यको शब्द, संगीत तथा स्वर रहेको ‘कर्कलो कोक्याउला’ बोलको गीतले पनि विशेष चर्चा पाएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?