+
+

मह जोडीको प्रमुख भूमिकामा ‘महापुरुष’ बन्ने, प्रदीप भट्टराईले निर्देशन गर्ने

अनलाइनखबर अनलाइनखबर
२०७८ चैत २० गते १७:०२
कलाकारद्वय मदनकृष्ण श्रेष्ठ र हरिवंश आचार्य । फाइल तस्वीर

काठमाडौं । महजोडी अर्थात् वरिष्ठ कलाकारद्वय मदनकृष्ण श्रेष्ठ र हरिवंश आचार्यको मुख्य भूमिका रहने फिल्म ‘महापुरुष’ निर्माण हुने भएको छ । प्रदीप भट्टराईले निर्देशन गर्ने फिल्मलाई रविन्द्रसिंह बानियाँ र दीपेश खत्रीको षट्कोण आर्ट्सले निर्माण गर्ने भएको हो ।

चलचित्र विकास बोर्डमा ‘महापुरुष’ शीर्षकमा दर्ता हुँदै फिल्मले निर्माण इजाजत लिएको छ । बोर्ड स्रोतका अनुसार फिल्ममा रविन्द्रसिंह बानियाँ, कविता सुवेदी र प्रशान्त श्रेष्ठको समेत अभिनय हुनेछ ।

फिल्मको छायांकन वैशाख ३० मा हुने स्थानीय तहको निर्वाचनपछि थालिने निर्देशक भट्टराईले जानकारी दिए । ‘चुनावको माहोल कस्तो हुन्छ, सोहीअनुसार छायांकनमा जाने तयारीमा छौं,’ उनले भने ।

निर्देशक भट्टराईले फिल्मको शीर्षक परिवर्तन हुनसक्ने पनि बताए । ‘महापुरुषबाहेक अन्य दुई टाइटलबारे पनि छलफल भएको छ,’ उनले भने, ‘केही दिनमै फिल्मबारे औपचारिक घोषणा हुनेछ ।’

जात्रामार्फत निर्देशनमा डेब्यु गरेका भटट्राईले यो फिल्मको निर्माणमा समेत बानियाँसँग सहकार्य गरेका छन् । निर्माताद्वय बानियाँ र खत्री फिल्म फिल्म ‘डाकिनी’लाई पनि हलमा रिलिज गर्ने तयारीमा छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?