+
+

भरतपुर महानगरको मेयर नछाड्ने कांग्रेसको निर्णय

अनलाइनखबर अनलाइनखबर
२०७८ चैत २० गते १८:१८

२० चैत, चितवन । नेपाली कांग्रेस चितवनले ३० वैशाखमा हुने स्थानीय तह निर्वाचनमा भरतपुर महानगरपालिकाको मेयर पद गठबन्धनका अरु दललाई छाड्न नसकिने बताएको छ ।

आइतबार बसेको कांग्रेस जिल्ला कार्यसमितिको बैठकले भरतपुरको मेयर पद अरु दललाई छाड्न नसकिने निर्णय गरेको पार्टी सभापति राजेश्वर खनालले जानकारी दिए ।

हाल भरतपुर महानगरपालिकामा नेकपा माओवादी केन्द्रकी रेनु दाहाल मेयर छिन् । आगामी स्थानीय तह निर्वाचनमा पनि भरतपुरको मेयरमा माओवादी केन्द्रले नै दावी गरेको छ ।

सत्तारुढ दलहरुले स्थानीय निर्वाचनमा तालमेल गर्ने सहमति गरेका छन्, तर कांग्रेसको चितवन जिल्ला समितिले तालमेल भएको अवस्थामा पनि अरु दललाई मेयर पद दिन नसकिने निर्णय गरेको हो ।

जिल्लाबाट प्रतिनिधित्व गर्ने केन्द्रीय सदस्यदेखि वडा सभापतिसहितको बैठकले दिएको सुझावका आधारमा जिल्ला समितिले मेयर पद नछाड्ने निर्णय गरेको खनालको दावी छ ।

पार्टीका सबै तहका नेता कार्यकर्ताले सुझाव दिएकाले सो भावनाको सम्मान र प्रतिनिधित्व पार्टी नेतृत्वले गर्नुपर्ने उनको भनाइ छ । गठबन्धनको ठूलो दल कांग्रेस भएकाले ठूलो पालिका भरतपुर महानगरपालिकाको मेयर पनि कांग्रेसले पाउनुपर्ने माग जायज रहेको सभापति खनालले बताए ।

कांग्रेस जिल्ला समितिको बैठकले जिल्लाका सातवटै पालिकामा गठवन्धनको तर्फबाट संयन्त्र बनाउने निर्णय बैठकले गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?