+
+

नेपाल राष्ट्रिय व्यवसायी महासंघको अध्यक्षमा कार्की

रासस रासस
२०७८ चैत २३ गते ८:५७

२३ चैत, काठमाडौं । नेपालका साना तथा मझौला उद्योगी व्यवसायीको छाता संस्था नेपाल राष्ट्रिय व्यवसायी महासंघको अध्यक्षमा कुमार कार्की चयन भएका छन् ।

महासंघको मंगलबार साँझ सम्पन्न दोस्रो महाधिवेशनले कार्कीको संयोजकत्वमा ९० सदस्यीय कार्यसमिति निर्विरोध चयन गरेको हो । महासंघको वरिष्ठ उपाध्यक्षमा मनोजबाबु श्रेष्ठ र प्रथम उपाध्यक्षमा कमल अग्रवाललाई चयन गरिएको छ ।

यस्तै दुई महिलासहित १३ उपाध्यक्षमा क्रमशः गोविन्द कार्की, राजेन्द्रबाबु श्रेष्ठ, दीपकचन्द्र प्रधान, रामप्रसाद न्यौपाने, कुसुम महर्जन, मुमताज अन्सारी, धीरेन्द्र रिजाल, शेखरचन्द्र राई, सरोजकुमार श्रेष्ठ, गिरिराज पोखरेल, लक्ष्मी खड्का र रामप्रसाद अवाल चयन भएका छन् ।

यसैगरी महासचिवमा रत्नबहादुर घिमिरे, उपमहासचिवमा रामकुमार तिम्सिना, बदनकुमार भण्डारी र चेङा शेर्पा, कोषाध्यक्षमा गणेशकुमार न्यौपाने, सहकोषाध्यक्षमा राजेन्द्रकुमार प्रजापति, अञ्जु चाम्लिङ राई र गोरखबहादुर थापालाई चयन गरिएको छ ।

सात सचिवमा क्रमशः होमनाथ गिरी, टेकप्रसाद धिताल, नवराज भण्डारी, किशोरकुमार गौतम, तेजप्रसाद आचार्य, हिमलाल खरेल र नवीन लुइँटेल, सात सहसचिवमा क्रमशः मोहनकुमार माका, सूर्यबहादुर रायमाझी, शिवहरि प्याकुरेल, टेकबहादुर श्रेष्ठ, श्रीनारायणप्रसाद न्यौपाने, कृष्णप्रसाद दुवाल र डासुराम घिमिरेलाई चयन गरिएको छ ।

विसं २०७३ मा स्थापना भएको महासंघमा देशभरका २२ संघ आवद्ध छन् । हाल महासंघमा देशभरका १० हजारभन्दा बढी सदस्य आवद्ध रहेको नवनिर्वाचित अध्यक्ष कार्कीले जानकारी दिए ।

लेखकको बारेमा
रासस

रासस (राष्ट्रिय समाचार समिति) नेपालको समाचार संस्था हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?