+
+

मलेसिया-११ माथि रुपन्देहीको जित, बसिरको अलराउण्ड प्रदर्शन

अनलाइनखबर अनलाइनखबर
२०७८ चैत २५ गते १४:४२

२५ चैत, काठमाडौं । अष्ट्रेलियन लेजेण्ड शेन वार्नको स्मृतिमा सुरु भएको प्रो क्लब च्याम्पियनसिपमा प्रतियोगितामा रुपन्देही क्रिकेट संघ (सीएआर-११) ले  विजयी सुरुवात गरेको छ ।

(सीएआर-११) ले मलेसिया-११ लाई ६ विकेटले पराजित गरेको छ ।

रुपन्देहीको जितमा बसिर अहमदले अलराउण्ड प्रदर्शन गरे । मलेसियाका लागि विरनदिप सिंहले अलराउण्ड प्रदर्शन गरे पनि जिताउन सकेनन् ।

भैरहवास्थित सिद्धार्थ रंगशालामा भएको उद्घाटन खेलमा मलेसियाले दिएको १३२ रनको लक्ष्य दरुपन्देही-११ ले चार बल अगावै ४ विकेट गुमाएर पूरा गर्दै सुदख सुरुवात गरेको हो ।

रुपन्देहीको जितमा ओपनर प्रज्वल थापाले सर्वाधिक ३८ र र देव खनालले २२ रन बनाए ।

यस्तै बसिर अहमदले अविजित २७, रन योगदान गरे भने सन्दीप रजालीले २४ रनमा अविजित रहे ।

मलेसिया-११ का  विरनदिप २ तथा मुहमद अमिर र सइद अजिजले १-१ विकेट लिए ।

त्यसअघि टस जितेर पहिले ब्याटिङ गरेको मलेसिया-११ ले १९.५ ओभरमा सबै विकेट गुमाएर १३१ रन   मात्र बनायो । मलेसिया-११ का लागि ओपनर विरनदिप सिंहले ६३ बल खेल्दै ७ चौका र १ छक्का मद्दतमा ६६ रन बनाएका थिए ।

यस्तै सर्भिन मुनिएन्डीले २८ र सइद अजिजले २५ रन बनाउँदा बाँकी खेलाडीले दोहोरो अंकमा रन जोड्न सकेनन् ।

मलेसिया-११ कम स्कवरमा रोक्न रुपन्देही-११ का कप्तान कृष्ण कार्कीले सर्वाधिक ३ तथा बसिर अहमदले २ विकेट लिए । यस्तै अनिल खरेल, दुर्गेस गुप्ता र बिक्रम भुसालले १-१ विकेट लिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?