+
+

पुलिसले जित्यो बिच भलिबलको उपाधि

अनलाइनखबर अनलाइनखबर
२०७८ चैत २६ गते २०:३९

काठमाडौं ।  महिला बिच भालिबलको उपाधि नेपाल पुलिस क्लबले जितेको छ । पाल्पाको रानीमहल प्रांगणमा शनिबार भएको फाइनलमा लुम्बिनी प्रदेशलाई सोझो सेटमा पराजित गर्दै पुलिसले उपाधि हात पारेको हो ।

राष्ट्रिय भलिबल टिमका सदस्य रहिसकेका पुलिसका कमला पुन र मनिषा चौधरीको जोडीले लुम्बिनीका भावना डाँगी र सरस्वती कट्टेलको जोडीलाई २१-८ र २१-१७ ले हरायो ।

उपाधिसँगै पुलिसले नगद १ लाख हात पारेको छ भने उपविजेता लुम्बिनीले ५० हजारमा चित्त बुझाएको छ । च्याम्पियन टोलीकी कमला पुनले सर्वोत्कृष्ट खेलाडी घोषित हुँदै नगद २० हजार रुपैयाँ प्राप्त गरिन् ।

संजय स्मृति प्रतिष्ठानको आयोजनामा तीन दिन भएको प्रतियोगितामा ७ प्रदेश र २ विभागीय टोली (पुलिस र एपीएफ) गरी ९ टोलीको सहभागिता थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?