+
+

भरतपुर महानगरको मेयरका लागि कांग्रेसका आकांक्षीहरूको मनोनयन दर्ता हुँदै

अनलाइनखबर अनलाइनखबर
२०७८ चैत २७ गते १०:२१

२७ चैत, चितवन । भरतपुर महानगरको मेयर कांग्रेसले पाउनुपर्ने माग गर्दै जिल्ला तथा केन्द्रीय नेता पार्टी शीर्ष नेतालाई भेट्न काठमाडौंमा रहेका बेला कांग्रेसबाट मेयरमा आकांक्षीहरुले मनोनयन दर्ता गर्ने भएका छन् ।

नेपाली कांग्रेस भरतपुर महानगर कमिटीले जिल्ला पार्टी कार्यालय कमलनगर नारायणगढमा मेयर तथा उपमेयरका आकांक्षीहरुलाई आइतबार र सोमवार मनोनयन दर्ता गर्न दुई दिनको समय तोकेको छ ।

कांग्रेसको केन्द्रीय निर्देशन र जिल्लाको परिपत्र अनुसार आज र भोलि मनोनयन दर्ता गर्ने समय तोकिएको कांग्रेस महानगर सचिव कृष्ण बगालेले जानकारी दिए । आइतवार बिहान ११ बजेबाट सुरु हुने मनोनयनको सबै तयारी पूरा भएको सचिव बगालेले बताए ।

उनका अनुसार महानगरपालिकाको मेयरको लागि दर्ता शुल्क तीन हजार र उपमेयरको लागि दुई हजार रुपैयाँँ तोकिएको छ । मेयरमा कांग्रेस केन्द्रीय सदस्य दिनेश कोइराला, टेकप्रसाद गुरूङ, सूर्यकान्त घिमिरे, उत्तम जोशी, शंकर कँडेल लगायतले आकांक्षा देखाएका छन् ।

२०७४ मा भएको स्थानीय तहको निर्वाचनमा कांग्रेसले माओवादीसँग गठवन्धन गरेर भरतपुर महानगरको मेयरमा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड पुत्री रेनु दाहाललाई जिताएको थियो ।

सत्ता गठवन्धनमा रहेका कांग्रेस र माओवादी बीच यसपटक पनि महानगरपालिकामा गठबन्धन हुने र भरतपुर माओवादीले लिने चर्चा चलेपछि कांग्रेसका जिल्ला तथा केन्द्रीय नेताहरु कुनै पनि हालतमा महानगरपालिका कांग्रेसले माओवादीलाई छाड्न नहुने बरु कांग्रेस एक्लै निर्वाचनमा गएर जित्ने बताउँदै आएका छन् ।

कांग्रेस चितवनको चैत २० गते बसेको जिल्ला कार्यसमितिको बैठकले भरतपुर महानगरपालिकाको मेयर माओवादीलाई नछाड्ने बटमलाइन बनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?