+
+
Shares

ओलीलाई अर्थमन्त्रीको प्रश्न : श्रीलंका बनाउन किन चासो भइरहेको छ ?

अनलाइनखबर अनलाइनखबर
२०७८ चैत २८ गते १७:३३

२८ चैत, काठमाडौं । अर्थमन्त्री जनार्दन शर्माले देश श्रीलंका बन्छ भन्नु अफवाह भएको बताएका छन् ।

सोमबार अर्थ मन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमा मन्त्री शर्माले वृद्धभत्ता समेत दिन नसक्ने भनेर गरिएको दाबी अफवाह मात्र भएको बताए ।

आइतबार मात्र एमाले अध्यक्ष केपी शर्मा ओलीले देश श्रीलंका हुने र सरकारले वृद्धभत्तासमेत दिन नसक्ने आउने दाबी गरेका थिए ।

अर्थमन्त्री शर्माले ओलीको नाम नलिई भने, ‘विदेशी पानी खाएर हुर्किएका केही नागरिकको कुरा सुन्ने हो भने वृद्ध भत्ता पनि दिन नसक्ने …..भन्न सकिन्छ । तर चुनावका लागि सबै तयारी गरेका छौं, बजेटको व्यवस्था गरेका छौं, जुन दिन चाहिन्छ, त्यही दिन भुक्तानी दिने सुनिश्चितता गरेका छौं ।’

तर अफवाहहरुलाई जोडेर देश श्रीलंका हुन्छ भन्नेतिर लैजान खोजिएको भन्दै मन्त्री शर्माले भने, ‘यो राष्ट्रघात हो । श्रीलंका बनाउन किन चासो भइरहेको छ ? अचम्म लाग्छ ।’

#ResultWithOK View All Results
पार्टीहरू
अग्रता
जित
कुल सिट
Change
समानुपातिक मत
Loading election results...

प्रत्यक्ष सिट — प्रतिनिधि सभा

कुल सिट: १६५
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?