+
+

प्याट्रियोट्स कप क्रिकेटमा एडभान्स एकेडेमीको लगातार दोस्रो जित

अनलाइनखबर अनलाइनखबर
२०७८ चैत २९ गते १६:५९

२८ चैत, काठमाडौं । एडभान्स एकेडेमीले प्याट्रिओट्स कप अन्तर कलेज टी-२० क्रिकेट प्रतियोगितामा सोमबार हिमालयन ह्वाइटहाउस कलेजलाई ७ विकेटले पराजित गरेको छ ।

समूह बीको मा एडभान्सको यो लगातार दोस्रो जित हो । २ खेलबा६ ४ अंकसहित एडभान्स शीर्ष स्थानमा छ ।

मुलपानी मैदानमा भएको खेलमा हिमालयन ह्वाइटहाउसले दिएको १३० रनको लक्ष्य एडभान्सले तीन बल अगावै ३ विकेट गुमाएर पूरा गर्‍यो । एडभान्सका लागि दिपेश दासले अविजित रहँदै ३२ रन बनाए । यस्तै सक्षम बाराताको६ले २८, अभिषेक थापाले २५ र तक्षक सिम्खडाले २० रन बनाए ।

बलिङमा हिमालयन ह्वाइटहाउसका निश्चय थापा, नितेश कुमार यादव र आदर्श झाले समान एक विकेट लिए ।

त्यसअघि टस जितेर पहिले ब्याटिङ गरेको हिमालयन ह्वाइटहाउसले ६ विकेट गुमाएर १२९ रन बनाएको थियो । हिमालयन ह्वाइटहाउसका लागि निश्चय थापाले सर्वाधिक ५० रन बनाए । यस्तै आदर्श झाले १८, आदित्य मल्लले १३ र सतिश यादवले १० रन जोडे ।

बलिङमा एडभान्सका लागि असिम श्रेष्ठले ४ ओभरमा ९ रन मात्र खर्चेर सर्वाधिक ३ विकेट लिए । बिप्रल खतिवडा र अभिषेक थापाले एक-एक विकेट लिए ।

यस्तै समूह बी अन्तर्गत नै मंगलबार तय भएको टेक्सास कलेज र ओमेगा कलेजबीचको खेलमा ओमेगाले वाकओभर दिएपछि टेक्सासले विजयी हुँदै २ अंक जोडेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?