+
+

दुबे, उथाप्पा र थिक्सानाको उत्कृष्ट प्रदर्शनमा चेन्नाइको पहिलो जित

अनलाइनखबर अनलाइनखबर
२०७८ चैत ३० गते ६:२८

३० चैत, काठमाडौं । शिभम दुबे, रोबिन उथाप्पा र महिश थिक्सानाको उत्कृष्ट प्रदर्शनमा चेन्नाई सुपर किंग्सले इन्डियन प्रिमियर लिग (आईपीएल) २०२२ मा पहिलो जित निकालेको छ ।

नाभवी मुम्बईस्थित डिवाई पाटिल स्टेडियममा मंगलबार भएको खेलमा साविक विजेता चेन्नाइले रोएल च्यालेन्जर्स बेंगलोरलाई २३ रनले पराजित गरेको हो ।

दुबेको अविजित ९५ र उथाप्पाको ८८ रन मद्दतमा चेल्सीले २१६-४ को स्कोर बनाएको थियो । त्यसपछि थिक्सानाले ४ विकेट लिँदा चेन्नाइले खेल जित्न सफल भयो ।

चेन्नाइले दिएको २१७ रनको लक्ष्य पछ्याउने क्रममा बेंगलोरलले ९ विकेट गुमाएर १९३ रन मात्र बनाउन सक्यो । नियमित अन्तरलामा विकेट गुमाएको बेंगलोरका लागि शहबाज अहमेदले सर्वाधिक ४१ रन बनाए । यस्तै पहिलो खेल खेलेका सुयास प्रभुदेसाई र दिनेश कार्तिकले समान ३४ तथा ग्लेन म्याक्सवेलले २६ रन जोडे । मोहम्मद सिराज १४ रनमा अविजित रहे ।

चेन्नाइका लागि तिक्सानाले ४ ओभरमा ३३ रन खर्चेर ४ विकेट लिए । यस्तै कप्तान रविन्द्र जडेजाले ४ ओभरमा ३९ रन खर्चेर ३ विकेट लिए । मुकेश चौधरी र ड्वाने ब्राभो समान १ विकेट लिए ।

त्यसअघि दुबे र उथाप्पाले १६५ रनको साझेदारी गर्दा चेन्नाइले ४ विकेट गुमाएर २१६ रनको उच्च स्कोर बनाएको थियो ।

रुतुराज गायकवाड १७ र मोइन अली ३ रन बनाएर आउट हुँदा चेन्नाइ ६.४ ओभरमा ३६-२ को अवस्थामा थियो । तर त्यसपछि उथाप्पा र दुबेले धुँवाधार ब्याटिङ गरे । यी दुई मिलेर १७ छक्का र ९ चौका प्रहार गरे ।

उथाप्पाले ५० बल खेल्दै ४ चौका र ९ छक्का मद्दतमा ८८ रन बनाए ।

चौथो नम्बरमा ब्याटिङ गरेका शिभव दुबेले ४६ बल खेल्दै अविजित ९५ रन बनाए । यसक्रममा उनले ५ चौका र ८ छक्का प्रहार गरे ।

बेंगलोरका लागि हसरंगा डे शिल्भाले २ तथा चेन्नाइका पूर्वखेलाडी जोस हेजलउडले १ विकेट लिए ।

पहिलो जितपछि अंकको खाता खोल्न सफल चेन्नाइ पाँच खेलबाट २ अंकसहित नवौं स्थानमा छ । यस सिजन दोस्रो हार बेहोरेको बेंगलोर ५ खेलबाट ६ अंकसहित पाँचौं स्थानमा छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?