
३० चैत, काठमाडौं । सरकारले सशस्त्र प्रहरी महानिरीक्षक (आईजीपी) मा पुष्पराम केसीलाई नियुक्त गरेको छ । बुधबार बसेको मन्त्रिपरिषद् बैठकले यो निर्णय गरेको एक मन्त्रीले जानकारी दिए ।
सशस्त्र प्रहरीका महानिरीक्षक शैलेन्द्र खनाल चार वर्षे कार्यकाल सकेर सोमबार बिदा भएका थिए ।
नयाँ आईजीपीको प्रतिस्पर्धामा एआईजी केसी र रामशरण पौडेल थिए । सरकारले वरियताका आधारमा केसीलाई महानिरीक्षक नियुक्त गरेको हो ।
केसीको कार्यकाल भने २१ दिन मात्र हुनेछ । उमेर हदका कारण केसी र एआईजी पौडेल दुबैले १९ वैशाखमा अवकास पाउनेछन् । त्यसपछि फेरि नयाँ चयन गर्नुपर्ने हुन्छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

खुसी

दुःखी

अचम्मित

उत्साहित

आक्रोशित
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4