
१ वैशाख, दाङ । नेपालगञ्जमा कारको ठक्करबाट तीनजनाको मृत्यु भएपछि दोषीमाथि कारबाहीको माग गर्दै पीडितका आफन्त तथा स्थानीयवासीले प्रदर्शन गरेका छन् ।
उनीहरुले कार र चालकलाई प्रहरीले नियन्त्रणमा लिए पनि कारवाही र उचित क्षतिपूर्ति माग्दै टायर बालेर वीपी चोकमा प्रदर्शन गरेका हुन् । उनीहरुले प्रदर्शन गर्दै चक्का गाम गरेका छन् ।
चैत २७ गते प्रदेश ३-०१-२३ च ८४८१ नम्बरको कारले नेपालगन्जको वीपीचोक नजिक बाटोमा हिडिरहेका तीनजनालाई कारले ठक्कर दिएको थियो ।
ठक्करले ६५ वर्षीया समिना इद्रिसी, ५ वर्षका कसिम इद्रिसी र ५ वर्षका अलि इद्रिसीको मृत्यु भएको थियो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4