+
+

काठमाडौंमा राजवंशी समुदायले मनाए काद शिरुवा (फोटो फिचर)

चन्द्रबहादुर आले चन्द्रबहादुर आले
२०७९ वैशाख १ गते २०:२३

१ वैशाख, काठमाडौं । काठमाडौंमा बस्‍ने राजवंशी समुदायले काद शिरुवा पर्व मनाएका छन् । उनीहरुले काठमाडौंको खुल्लामञ्‍चमा विशेष कार्यक्रमको आयोजना गरी काद शिरुवा मनाएका हुन् ।

कार्यक्रममा उनीहरुले एक अर्कालाई हिलो लगाइदिएका थिए । तराईका झापा, मोरङ, सुनसरी, जिल्लामा शिरुवा पर्व धुमधामका साथ मनाइन्छ । तराईमा बस्ने आदिवासी राजवंशी, थारु, मेचे, उराव, किसान, धिमाल, ताजपुरिया, गनगाई र माझी समुदायले शिरुवा पर्व मनाउने गर्छन् ।

नयाँ वर्षसंगै सुरु हुने पर्वका अवसरमा झापाका राजवंशीले काद शिरुवा खेल्छन् । माटोको हिलो बनाएर आपसमा शिरुवा पर्वको शुभकामना आदानप्रदान गर्दै हिलो छ्यापा–छ्याप गरेर ‘काद शिरुवा’ खेल्ने गरिन्छ । माटोबिना जीवन चल्दैन भन्दै राजवंशी जातिले माटोको सम्मान स्वरुप काद शिरुवा खेल्ने गर्छन् ।

शिरुवाको पहिलो दिन राजवंशी समुदायका व्यक्तिले हर्षोल्लासका साथ ‘पानी शिरुवा’ खेल्छन् । तीन दिनसम्म मनाइने शिरुवा पहिलो दिन जल शिरुवा दोस्रो दिन काद शिरुवा तेस्रो दिन रंग शिरुवा खेल्नेछन् । राजवंशी समुदायले शिरुवा पर्वलाई प्रमुख चाडका रुपमा मनाउने गर्छन् ।

साथै चैत-वैशाखमा हावाहुरी चल्ने र आगो लाग्ने सम्भावना धेरै हुने भएकोले कुनै प्राकृतिक विपत्ति नआओस् भनेर आफ्नो घरको छत, बोट-बिरुवा, तुलसीको मठहरुमा शुद्ध जल चढाएर आफ्नो कुल देवताको पूजा गर्ने चलन छ ।

राजवंशी समुदायले माटोलाई नै देवताको रुपमा मानेर पुज्‍ने भएकाले उनीहरु आफूलाई प्रकृति पूजक मानेर वैशाख १ गते हिलो खेलेर रमाउने गर्छन् ।

हेर्नुस् तस्वीरहरु : 

लेखकको बारेमा
चन्द्रबहादुर आले

आले अनलाइनखबरका फोटोपत्रकार हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?