+
+

शीतलता र आशीर्वादको पर्व ‘शिरुवा’

सहदेव चौधरी सहदेव चौधरी
२०७९ वैशाख १ गते ६:३५

‘शिरुवा’ अर्थात  सुरुको पर्व । यो पर्व (पावैन) थारु समुदायसँगै तराईमा बसोबास गर्ने  राजवंशी, गनगाई, ताजपुरिया, धिमालको को महत्वपूर्ण चाड हो । वैशाख महिनाकाे १ गते मनाइने याे पर्वमा कसैले आफ्ना साथीहरुसँग गोबरमाटो खेल्ने गर्छन भने कोही खुसियालीमा रंगअबीर रमाइलो मानी खेल्ने गर्छन् ।

यस्तै काेही भने नुहाएर अम्खोरामा शुद्ध जल लिएर पहिला आफ्नो गृह देवता वा ग्राम देवता तथा अन्य देव-देवी स्थलमा जल चढाउने गरिन्छ । त्यसपछि आफूभन्दा सानोलाई त्यही शुद्ध जल शीरमा छर्किएर आशीर्वाद दिने गर्छन भने आफूभन्दा सानाले ठूलाको गोडामा शुद्ध जल चढाउने गर्दछन् ।

शिरुवालाई पानी शिरुवा, काद (हिलो) शिरुवा, रंग शिरुवाको अलावा घाटोसरी, भादाखेली भनेर विशेष पुजा गरी मनाउँदै आएका छन् । यो एउटा सहिष्णुता/माया प्रेमको प्रतीक मानिन्छ । कुनै भेदभाव सानो ठूलो नमानी जो कोही पनि बाटोमा भेट्दा आफूभन्दा ठूलो भएर जल चढाएर आशीर्वाद लिने गर्छन् भने सानालाई शीरमा शुद्ध जल छर्किएर आशीर्वाद दिने गर्दछन् ।

यही परम्परा बर्षौ पहिल्यैदेखि थारु समुदायमा पनि चल्दै आएको छ । शिरुवा पर्वलाई विभिन्न संस्कृति अनुसार विभिन्न अर्थको रुपमा लिने गरिन्छ । जस्तो की वैशाख हुनुको कारण थारु भाषामा ‘वैशाखी’ अर्थात चैतमा पकाएको वैशाखमा खाने चलन (चैत ३० गते पकाएको खाने कुरा वैशाख १ गते खाने प्रचलन) ।

यसलाई बाइस अर्थात ‘बासी पर्व’ पनि भनिन्छ । यो परम्परा बुद्ध धर्मको थेरावादमा पढाइ हुने भएकाले बुद्ध धर्म मान्ने देशहरु म्यानमार, श्रीलंका, सिंगापुर र थाइल्याण्डका बौद्ध मार्गीहरु पनि यस दिन भव्य रुपमा यो जूरशीतल मनाउने गर्छन् ।

नयाँ वर्षको अवसरमा वर्षभरि सुखद, सुन्दर सौहार्दपूर्ण तथा शीतल र शान्त वातावरणमा परिवार र समाज अगाडि बढोस् । आफ्नो–आफ्नो कुल देवता तथा देवी, ग्राम देवता तथा अन्य देवीस्थल लगायत आफूभन्दा सानाको शीरमा उसको उज्वल भविष्यको कामना गर्न जुराएर पानी दिने परम्परा छ, यसैलाई जुरशीतल भनिन्छ ।

थारु समुदायमा भनाई नै छ, ‘फगुवा उसारे आ शिरुवा पसारे’ अर्थात फागुनको फगुवाले पर्वको समापन गर्छ भने वैशाखको शिरुवाले कुनै पनि वर्षको सुरुको पर्वलाई भव्य रुप स्वागत गर्ने थारु संस्कृति विद् भुलाई चौधरी बताउँछन् ।

शिरुवालाई पानी शिरुवा, काद (हिलो) शिरुवा, रंग शिरुवाको अलावा घाटोसरी, भादाखेली भनेर विशेष पुजा गरी मनाउँदै आएका छन् । यो एउटा सहिष्णुता/माया प्रेमको प्रतीक मानिन्छ । कुनै भेदभाव सानो ठूलो नमानी जो कोही पनि बाटोमा भेट्दा आफूभन्दा ठूलो भएर जल चढाएर आशिर्वाद लिने गर्छन् भने सानालाई शीरमा शुद्ध जल छर्किएर आशीर्वाद दिने गर्दछन् ।

उनी भन्छन्, ‘ थारु समुदाय नेपालको तराइको क्षेत्रको मूल बासी हो । प्रकृतिलाई पुज्ने भएकाले पानी उसकाे लागि विशेष महत्व राख्छ । संसारमा सबैभन्दा धेरै भू-भाग पानीकै छ । पानी बिना जीवन अधुरो छ । पानीलाई शीतलता मानेर थारुको पूर्खाहरुले शीरमा चढाउने परम्परा भएकाले जुर–शीलत मनाउन थालिएको हो ।यो हाम्रो मौलिक पर्व हो ।’

उनका अनुसार यो पर्वमा थारु समुदायका मानिसहरु १० दिन अगाडिदेखि नै आ-आफ्नो घर–आँगन लिपपोत गरी सफा राख्छन् । त्यो बेला सबैको घर आगनमा एउटा पनि फोहोरको थुप्रो देखिँदैन ।  एउटा सुन्दर स्वर्गको आगनीमा आइपुगे जस्तो लाग्छ।  शिरूवाकाे लागि आधा रातिदेखि नै विभिन्न प्रकारको परिकार तयार पारेका हुन्छन् । गाउँको प्रत्येक घर–घरमा पुरी–तरकारी, बरी–कचौरी, लगायतका थुप्रै परिकारहरु पाक्न थालिसकेको हुन्छ ।त्यकारण गाउँघर बास्नाले मगमगाइरहेका हुन्छन् ।

गाउँमा यस्तो परिकार अरु बेला कुनै पनि बेला हुँदैन । बिहान सुतिरहेका बालबालिकालाई उठाएर आमाबुवा वा ठूलाबडाले उसको शिरमा पानी छर्किएर शुभ आशिश र उज्जवल भविष्यको कामना गर्ने गर्दछन् ।

त्यो दिन प्राय धेरैले आफ्नो विशेष दिन सम्झन योग्य, अविशमरणीय बनाउन चाहेका हुन्छन् । त्यही दिनलाई उसले एउटा इतिहास मानेको हुन्छ ।शिरुवाकाे पहिलो काम क्रिया ठीक ढंगले गर्ने गर्दछ । यसको हरेक कारोबार नयाँ खातामा सुरुवात गरिन्छ ।

यो पर्वमा थारु समुदायका मानिसहरु दश दिन अगावैदेखि आफ्नो घरआँगन लिपपोत गरी सफा राख्छन् । त्यो बेला सबैको घर आगनमा एउटा पनि फोहोरको थुप्रो देखिँदैन । बालबालिकादेखि बुढापाकाले यही समय र पललाई पर्खेर बसिरहेका हुन्छन् ।

यसका साथै उनीहरु आधार राति देखि नै विभिन्न प्रकारको परिकार तयार पारेका हुन्छन् । गाउँको प्रत्येक घर–घरमा पुरी–तरकारी, बरी–कचौरी, लगायतका थुप्रै परिकारहरु पाक्न थालिसकेको हुन्छ । त्यकारण गाउँघर बास्नाले मगमगाइरहेका हुन्छन् ।

गाउँमा यस्तो परिकार अरु बेला कुनै पनि बेला हुँदैन । बिहान सुतिरेका बालबालिकालाई उठाएर आमाबुवा, ठूलाबडाले उसको शीरमा पानी छर्किएर शुभ आशीश र उज्जवल भविष्यको कामना गर्ने गर्दछन् ।

खासगरी नेपालको पुर्वी थारु समुदाय आज शिरमा पानी र आशिर्वाद, उज्वल भविष्यको कामना गर्दै ‘जूर–शीतल’ पर्व मनाउँदैछन् । तराईमा गर्मी मौसम सुरु भएको र यो पर्वमा पानीको बढी भन्दा बढी प्रयोग हुने गरेकाले उनीहरु पानीले शीतलता प्रदान गरोस् भन्दै जुर शीतल मनाउन लागेको हो ।

पूर्वी तराईमा शिरुवाको रौनक

तराई क्षेत्रमा बसोबास गर्ने राजवंशी, थारु, गनगाई, ताजपुरिया, माझीलगायतका आदिवासी जातिहरुले धुमधामका साथ शिरुवा पर्व मनाउँदैछन् । तराईका आदिवासी समुदायले आफ्नो परम्परामध्ये विशेष पर्वका रुपमा मनाउँदै आएको यो पर्व तीन दिनसम्म मनाउने प्रचलन छ । जसमध्ये पहिलो दिन (वैशाख १ गते) जल शिरुवा, २ गते काद शिरुवा र ३ गते रंग शिरुवा खेल्ने गरिन्छ ।

जल (पानी) शिरुवा

शिरुवाको पहिला दिन जल (पानी) शिरुवा हो । वैशाखको पहिलो दिन बगंला पात्रो अनुसार अन्तिम चैत्रमा आफूभन्दा साना शिरुवा पर्व सुस्वास्थ्यको कामना गर्दै टाउकोमा पानी दिएर, ठूलाबडाहरुका पाउमा भक्तिभावले पानी हालेर र साथीसङ्गी एकआपसमा पानी छयापाछयाप गरी वर्षभरिका लाग शरीरलाई ठण्डा, शीतलता मिलोस् भनी आर्शिवाद लिने र कामना गर्ने गरिन्छ । साथै उक्त दिन हामी पानि खेलेर आफ्ना शरीरलाई पवित्र गर्ने भन्ने भनिन्छ ।

धामीहरु जंगल गएर जडीबुटी खोजी जडिबुटीका विरुवा जगाउँछन । मानिसहरु घरमा लसुन प्याज बाधेर झुण्ड्याउँछन् । यो दिन महिलाहरु साझमा आ–आफ्नो घरमा सात किसिमका सागहरु मिलाएर सातसागी बइसागी साग पकाउछन् । यो दिनलाई महा विसुवा संक्रान्ति पनि भन्ने गरिन्छ ।

काद (हिलो) शिरुवा

शिरुवा पर्वको दोस्रो दिन काद (हिलो) शिरुवा हो । मानिसहरु विसुवाको राति (अन्तिम चैतको राति) पकाएको भातलाई पानी हालेर पन्ता बनाएर खान्छन् । त्यसैले भनिन्छ, ’चैतमा पकाएको वैशाखमा खाने’ । यसै दिनबाट पन्ता भात खान सुरु हुन्छ । यो दिन राजवंशी समुदायका महिलाहरु घाटोसरी पुजाका रुपमा तिस्ताबुढी नदीमा गइ सेलाउछन् ।

किम्बदन्ती अनुसार तिस्ताबुढी रुपमा हाम्रो ठाक्रानी (देवी) साथीहरुसँग मिली ठाकुर (देउता)लाई खोज्दै जादा बस्त्रविहिन हिलोमाटो लेपिएको अवस्थामा भेटाउछन र संगिहरु आपसमा कानेखुशी गदै हास्दाछन । अनि ठाक्रानि(देवी)ले तिस्ताबुढीको रुप धारण गरि संगिहरुलाई हिलोमाटो लगाइ दिन्छिन् ।

त्यसैले यो दिनमा सबै मानिसहरु एक आपसमा हिलो खेल्ने प्रचलन रहयो, कादशिरुवा मनाउाछन । ठाकुर(देउता)लाइ भेटाएको खुशियाली घाटमा स्नान गरी चनामुराई खाई आलाइ बालाइ गरी सबैलाइ खुवाउाछन, आफू पनि खान्छन ।

यो दिन राजवंशी महिलाहरु नदीमा गई तिस्ताबुरि बिर्सजन गरी घाटोसरि पुजा सकेर फर्कन्छन । अनि घाटबाट फर्कने समयमा छाताको पानि गिलास बटुकामा लिएर घरमा आई घरका छानामा छर्कन्छन् । यो दिनमा खासगरी घरका देवीदेवताहरुको पुजा गर्ने गरिन्छ ।

रंग शिरुवा– शिरुवा पावनीको अन्तिम दिन रंग शिरुवा हो । उक्त दिन सबै मानिसहरु एक आपसमा रंग खेलेर पर्व मनाउँछन । विगतमा भएका रिसरागहरु सबै भुलेर खुशी र हर्सो उल्लासका साथ खुशी साटासाट गर्नका लागि यो दिनमा विभिन्न किसिमका रंगहरु खेल्ने गरीन्छ । जीवन रंगहरुले भरीए जस्तै रंगिचंगी होस भन्ने कामनाका साथ रंग शिरुवा खेल्ने गरीन्छ ।

घाटोसरी पूजा 

घाटोसरी देवीलाई स्वास्थ्य र दिर्घायू राख्न देवीको रुपमा पुजिन्छ । घाटोसरीको मूर्ति कुमाल जातिका मानिसले काँचो माटोले बनाउँछन् । अनि काद (हिलो) शिरुवाको दिन नुवाईधुवाई गरी घरको एउटा कुनामा लिपपोत गरी घाटोसरीहरुलाई (माटाका साना घैटा) बसाइन्छ । उक्त घाटोहरुलाई पूजा गर्दै नयाा फलहरु आपा, घाटोसरीको फूल, काँचो चना, मुराइ, खीर, अठिया केरा चढाउने गरिन्छ ।

शिरुवाको एउँटा रमाइलो पक्ष घाटोसरी हो, नयाँ वर्षमा फलेका विभिन्न फलफूलहरुलाई पहिला घाटोलाई खुवाएर मात्र आफु खाने, अनि घाटासरीको जुठो खाएमा विभिन्न घाउा, खोस, ज्वरो र रोग व्याधीबाट बर्ष भरीका लागि मुक्त रहने कामना गर्दै घाटोसरीको पूजा गरीन्छ ।

महिलाहरु गीत गाउदै घाटोसरीहरुलाई साझपख नदी, कुवाको छेउमा लगेर सेलाउने गरिन्छ । घाटोसरी सेलाउने समयमा अठिया केरा र मुराई खादै ‘आलाए बालाए कालाए सरी’ भन्ने चलन छ ।

यो साजी देउताको पूजा जोकोहीले गर्दैनन् । यो पूजा राजवंशी महिलाहरुले मात्र गर्ने चलन छ । शिरुवा पर्वमा यो आदिवासी समुदायले घरका ठाकुर, ग्रामथान पुज्न अलवा आफ्नो घरको सुरक्षाका लागि चारकुना मन्त्रले बाध्ने काम गर्दछन् । चारकुना बाँध्दा खराब नजर, पर शत्रुहरुबाट बच्नका लागि आफ्नो घरको सुरक्षाको जस्तै काम गर्ने विश्वास गरीन्छ ।

सातसागी वैशागी शिरुवा पर्वको एउटा महत्वपूर्ण पक्ष हो । चैतमा पकाएको वैशाखमा खानुपर्छ भन्ने मान्यता अनुसार महिलाहरुले सात किसिमका सागहरुलाई मिलाएर सातसागी वैशागी पकाउने र घाटोसरी पुजा सकेपछि खाने गर्दछन् ।

काठमाडौंमा विगत १० वर्षदेखि राजवंशी समाज क्षेत्रीय विकास उपत्यका समितिले प्रत्येक वर्ष शिरुवाको अवसरका शुभकामना आदानप्रदान कार्यक्रम गर्दै आएको छ । यसवर्ष पनि काठमाडौंको खुल्लामञ्चमा उपत्यका समिति काद शिरुवाको आयोजना गरेको छ ।

नेपाल बाहिर पनि शिरुवा उत्सव

यो पर्व नेपालको साथै भारत, थाइल्याण्ड, म्यानमार, कम्बोडिया, श्रीलंका, म्यानमार, लावोस इत्यादि देशहरुमा प्रत्येक बर्ष अप्रिल १३ देखि १५ सम्म महासोंक्रान, थिनग्यान, पिमाई लाउ, चौलचाम थ्ले, आथुल अबुरुदु जस्ता बिभिन्न नामले मनाउने गरेको पाइन्छ ।

 

 

लेखकको बारेमा
सहदेव चौधरी

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Khusi
                                chhu

खुसी

Dukhi
                                chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?