+
+

नागढुंगा सुरुङमार्गको निर्माण ठप्प

अनलाइनखबर अनलाइनखबर
२०७९ वैशाख २ गते २२:०३

२ वैशाख, काठमाडौं । नागढुंगा सुरुङमार्गको निर्माण ठप्प भएको छ । चन्द्रागिरी नगरपालिका-२का स्थानीय बासिन्दाले विभिन्न माग राख्दै २८ चैतमा जापानिज प्राविधिक बस्ने क्याम्प र कार्यालयमा तोडफोड गरेपछि काम ठप्प भएको हो ।

सडक विभागका महानिर्देशक शिवहरि सापकोटाका अनुसार खानेपानी आयोजनामा थप सहयोग माग राखेका स्थानीयसँग छलफल भएर अघि बढ्न लाग्दा तोडफोड भएपछि निर्माणको काम रोकिएको हो ।

‘चार दिनदेखि हाम्रो इन्जिनियरहरु पनि फिल्डमा जानु भएको छैन, जापानी प्राविधिकहरु पनि गएका छैनन्,’ उनी भन्छन् ,’स्थानीयहरुले सहयोग गर्नुभयो भने मात्रै काम सुरु हुन्छ ।’

विदेशी सहयोगको आयोजना भएकाले संवेदनशील भएको सापकोटाले बताए । वडाध्यक्षसहित गएको स्थानीय टोलीले तोडफोड गरेकाले यसमा सकस परेको उनले बताए ।

सापकोटाका अनुसार स्थानीयको माग सम्बाेधनका लागि पहल भएर समाधानउन्मुख भइसकेको विषयमा विवाद बढ्न पुगेको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?