+
+

दरबारमार्ग महोत्सवमा सांगीतिक उत्सव (फोटोफिचर)

अनलाइनखबर अनलाइनखबर
२०७९ वैशाख ४ गते १९:१२

काठमाडौं । १५औं दरबारमार्ग महोत्सव सम्पन्न भएको छ । सहकार्यः ‘स्थानीय उत्पादन तथा आन्तरिक पर्यटन प्रवर्द्धन’ भन्ने नाराका साथ महोत्सव आयोजना गरिएको थियो ।

महोत्सवमा शारीरिक रुपमा भिन्न क्षमता भएका उद्यमीहरुले उत्पादन गरेका हस्तकलाका वस्तु तथा सामग्रीहरु प्रदर्शनीमा राखिएका थिए ।

त्यसैगरी महिला उद्यमीसहित हस्तकला उद्यमीहरुबाट उत्पादित वस्तुहरुका उत्पादन पनि प्रदर्शनीमा राखिएका थिए । ६० वटा स्टल राखिएको महोत्सवमा करिब १ लाख दर्शकले अवलोकन गरेको आयोजकले जनाएको छ ।

चर्चित गायक/गायिका, कलाकार तथा सांगीतिक समूहको प्रस्तुति, नेपाली खाना र उत्पादनहरुको विशेष प्रदर्शनी रहेको थियो ।

कोरोना महामारीको कारण अघिल्लो वर्ष यो महोत्सव आयोजना हुनसकेको थिएन ।

महोत्सवको उद्घाटन नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष शेखर गोल्छाले गरेका थिए ।

 

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?