 
																			काठमाडौं । मौसम परिवर्तनसँगै फेसन बजारको रुपरंग फेरिन्छ । यतिबेला गर्मीयाम छ । जाडोको पहिरन दराजमा थन्किएका छन् । र, बजार समर वेयरले झकिझकाउ भएको छ ।
यसपालि गर्मीमा कस्तो पहिरन बढी चल्तीमा छ ?
‘फेब्रिक, रंग आदिको हिसाबले विगतको भन्दा भिन्न हुन्न,’ मेलान्ज फेसन स्टोरीकी प्रबन्ध निर्देशक रुबी रिजाल लोहनी भन्छिन्, ‘डिजाइनमा धेरथोर परिवर्तन हुने हो ।’ अक्सर हल्का, सहज पहिरन गर्मीमा उपयुक्त हुने उनी बताउँछिन् । रंगको हिसाबले सेतो, रंगबिरंगी सुहाउँदो देखिन्छ । फेब्रिक अर्थात कपडा भने सुती, रेयोन, लिनेन, सिल्क उपयोगी हुन्छ । यस किसिमको पहिरन गर्मीमा शीतल र सहज हुने उनको बुझाइ छ ।
‘गर्मीमा पसिना सोस्ने, हल्का र सहज पहिरन चाहिन्छ,’ उनी भन्छिन्, ‘त्यही अनुसारको टीसर्ट, स्कर्ट, वानपिस, पाइन्टको माग हुन्छ ।’
पारिवारिक किनमेल गन्तव्य
मानौं, तपाईं पहिरनको सौखिन हुनुन्छ र किनमेलमा रुचि राख्नुहुन्छ । तर आफूले खोजेजस्तो पहिरन फेला पार्न मुस्किल हुन्छ । खासगरी यो कस्तो अवस्थामा हुन्छ भने तपाईं प्लस साइजको हुनुहुन्छ । त्यति मात्र होइन, कतिपय उमेर समूहका लागि मिल्दो लत्ताकपडा पाउन लामै समय चोक-गल्लीको चक्कर लगाउनुपर्ने हुन्छ ।
बालबच्चा, किशोर, युवा वा वयस्क उमेरका लागि आवश्यक लत्ताकपडा एकनास हुँदैन । र, धेरैजसोमा बालबच्चा, किशोर र युवापुस्ताको माग बमोजिम लत्ताकपडा राखिन्छ । किनभने यही पुस्ता हो बढी कपडा खपत गर्ने ।

तर मेलान्ज यसकारण खास हुनसक्छ कि त्यहाँ फरक उमेर समूह वा शरीरको कारण अन्यत्र अमिल्दो पहिरन पनि त्यहाँ उपलब्ध छन् । त्यससँगै मेलान्जका अरु केही विशेषता छन् । जस्तो, यो पारिवारिक किनमेल गन्तव्य हो । अर्थात् यहाँ हजुरआमा-हजुरबा, आमाबुवा, छोराछोरी, बालबच्चा सबै एकमुष्ट किनमेलका लागि पुग्न सकिन्छ । किनभने यहाँ सबै उमेर समूहका लागि पहिरन उपलब्ध छ । अर्को विशेषता के भने मेलान्जमा कार्यरत अधिकांश वैदेशिक रोजगारबाट फर्किएकाहरु छन् । काठमाडौंलगायत विभिन्न ६ ठाउँमा भएको स्टोर उनीहरुले नै सम्हाल्छन् ।
कमलपोखरीस्थित सिटी सेन्टरबाट सुरु भएको मेलान्ज फेसन स्टोरको यात्रा काठमाडौंलगायत नेपालगञ्ज, इटहरी, धनगढीमा फैलिइसकेको छ । काठमाडौंको सिटी सेन्टरमा होस् वा धनगढीको आउटलेटमा, उस्तै लत्ताकपडा एकै मूल्यमा उपलब्ध भइरहेको कार्यकारी निर्देशक रुबी रिजाल लोहनी बताउँछिन् ।

मेलान्जको एउटा स्लोगन छ, ‘होलसेलभन्दा सस्तो ।’ मध्यम तथा निम्नमध्यम परिवारलाई लक्षित गरिएको रिजालको भनाइ छ । ‘सस्तो तर राम्रो दिने हाम्रो प्रयास हो,’ उनी भन्छिन् ।
‘हामी कपी ब्रान्ड राख्दैनौं,’ रिजाल भन्छिन्, ‘चीन, भारत र थाइल्यान्डलगायत भिन्नाभिन्नै मुलुकबाट राम्रो स्तरको कपडा खरिद गरेर राख्छौं ।’
तस्वीर : चन्द्रबहादुर आले/अनलाइनखबर
 
                









 
                     
                                 
                 
                 
                 
                 
                 
         
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                .png) 
                                                 
                                                .png) 
                                                 
                                             
                                             
                                             
                                             
                 
                 
                 
                 
                 
                 
                 
                
प्रतिक्रिया 4