+
+

गठबन्धनको शक्ति देखेर केपी ओली काँपेका छन् : रामचन्द्र पौडेल (भिडियोसहित)

अनलाइनखबर अनलाइनखबर
२०७९ वैशाख ६ गते १३:३८

६ वैशाख, काठमाडौं । नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले सत्तारुढ गठबन्धनको शक्ति देखेर नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली हतास भएको टिप्पणी गरेका छन् ।

नेपाल विद्यार्थी संघको ५३ औं स्मृति दिवसको अवसरमा मंगलबार आयोजित कार्यक्रममा उनले ओली हतास भएर जस्ता शक्तिसँग पनि तालमेल गरिरहेको बताए ।

‘यो गठबन्धनको शक्ति देखेर केपी ओली थरथरी काँपेका छन् । केपी ओली हतास भएका छन् । र हतास अभिव्यक्ति दिइरहेका छन् । र जस्ता तत्वसँग पनि हातेमालो गरिरहेका छन्’ उनले भने ।

हालै एमालेले कमल थापा नेतृत्वको राप्रपा र एकनाथ ढकाल नेतृत्वको नेपाल परिवार दलसँग चुनावी गठबन्धनको सहमति गरेका छन् । त्यसतर्फ संकेत गर्दै नेता पौडेलले ओली भ्रष्ट, प्रतिगामी र अवसरवादीको शरणमा पुगेको टिप्पणी गरे ।

‘यही हप्ता गरेका घटनाको याद गर्नुहोस् कस्ता कस्ता तत्वको सहारा लिएर बस्न चाहिरहेका छन् ?’ उनले भने ।

सत्तारुढ गठबन्धन भने कुनै पद प्राप्तीका लागि नभई लोकतन्त्र र परिवर्तनबाट प्राप्त उपलब्धी बचाउनका लागि हो भन्दै पौडेलले गठबन्धनविरुद्ध भइरहेको गतिविधि निस्तेज पार्नुपर्ने बताए ।

उनले गठबन्धनमा रहेका दलहरुले आआफ्नो दायित्व बुझेर कदम चाल्नुपर्ने पनि धारणा राखे । नेता पौडेलले नेविसंघका नेता कार्यकर्तालाई तत्कालै पद पाइहाल्छु भन्ने नसोची काम गर्न आग्रह गरे ।

‘चाँडै नै लाभ प्राप्ती गर्नेतिर नसोचेर समर्पण, उत्सर्ग र बलिदानको भावना लिएर अघि बढ्नुहोला, दुई दिनमा हतास नहुनुहोला’ पौडेलले भने ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?