+
+

आईपीएल : अन्तिम ओभरमा १६ रन जोड्दै धोनीले जिताए चेन्नईलाई

अनलाइनखबर अनलाइनखबर
२०७९ वैशाख ९ गते ६:३९

९ वैशाख, काठमाडौं । इण्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेट अन्तर्गत गएरातिको खेलमा चेन्नई सुपर किंग्सले मुम्बई इण्डियन्सलाई तीन विकेटले हराएको छ । महेन्द्रसिंह धोनीले अन्तिम ओभरमा १६ रन जोडेर चेन्नईलाई रोमाञ्चक जित दिलाए । धोनीले १३ बलमा २८ रन जोडे ।

जारी आईपीएलमा चेन्नईको यो दोस्रो जित हो भने मुम्बईको लगातार सातौं हार हो ।

पहिले ब्याटिङ गरेको मुम्बईले निर्धारित २० ओभरमा १५५ रन बनाएको थियो । १५६ रनको विजय लक्ष्य पछ्याएको चेन्नईलाई अन्तिम एक ओभर अर्थात् ६ बलमा १७ रन चाहिएको थियो ।

अन्तिम ओभरको पहिलो बलमा उनदकटले प्रिटोरियसलाई आउट गरे । त्यसपछि ब्रेभो ब्याटिङमा आए र दोस्रो बलमा उनले एक रन बनाए । बाँकी चार बलमा जितका लागि अब १६ रन चाहिएको थियो । धोनीले ६, ४, २ र ४ रन बनाएर चेन्नाईलाई रोमाञ्चक जित दिलाए ।

मुम्बईको शुरुवात निकै खराब थियो । पहिलो ओभरमै रोहित शर्मा र इशान किशन खाता नखोली आउट भएका थिए । चेन्नईका मुकेश चौधरीले रोहित र इशानलाई आउट गरेका थिए ।

मुम्बईका लागि सूर्यकुमार यादवले ३२, डुब्यू गरेका ऋतिकले २५ र कायरन पोलार्डले १४ रन बनाए ।

मुमबईका लागि सबैभन्दा राम्रो खेल १९ वर्षीय तिलक बर्माले खेले । उनले शानदार अर्धशतक जोडे ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Khusi
                                chhu

खुसी

Dukhi
                                chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?