+
+

विनयी त्रिवेणीका अध्यक्ष उपाध्यक्षसहित ३१ जनाको राजीनामा

अनलाइनखबर अनलाइनखबर
२०७९ वैशाख ९ गते १८:३९

९ वैशाख, नवलपुर । नवलपरासी पूर्वको विनयी त्रिवेणी गाउँपालिकाका अध्यक्ष र उपाध्यक्षसहित ३१ जना निर्वाचित जनप्रतिनिधिले राजीनामा दिएका छन् ।

वैशाख ३० गते हुने स्थानीय तह निर्वाचनमा उम्मेदवार बन्न भन्दै अध्यक्ष डम्बरबहादुर जि.सी, उपाध्यक्ष मिनाकुमारी रानासहित सबै निर्वाचित वडाध्यक्षहरुले राजिनामा दिएका हुन् ।

वडा अध्यक्षहरु अजितकुमार थापा, बिष्णु ढकाल, टुक बहादुर वैदवार, गोपाल अधिकारी, रनबहादुर झेडी, प्रितम गुरुङ र गोपालबहादुर क्षेत्रीले राजीनामा दिएका छन् ।

यस्तै कार्यपालिका सदस्य रुमा चुहान मगर, चन्द्र बहादुर बि.क., शारदा थापा, रुपा दर्जीले राजीनामा दिएका छन् ।  कुल ३८ जना गाउँ सभा सदस्य रहेको गाउँपालिका ३१ जनाले राजीनामा दिएका हुन् । राजीनामा दिनेहरुलाई सम्मानसहित विदाइ गरिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?