+
+

जीतपुरसिमरामा माओवादीविरुद्ध कांग्रेस, जसपा र जनमोर्चाको गठबन्धन

अनलाइनखबर अनलाइनखबर
२०७९ वैशाख १२ गते ०:१७

११ वैशाख, वीरगञ्ज । बाराको जीतपुरसिमरा उपमहानगरपालिकामा नेकपा माओवादी केन्द्रविरुद्ध नेपाली कांग्रेस, जसपा र राष्ट्रिय जनमोर्चाको गठबन्धन बनेको छ ।

माओवादी केन्द्रविरुद्ध सत्ता गठबन्धनकै तीन दलले मोर्चाबन्दी गरेपछि जितपुरसिमराको राजनीतिले नयाँ मोड लिएको छ ।

नेकपा माओवादी केन्द्र गठबन्धनको मर्म विपरीत एकलौटी ढंगले अघि बढ्न खोजेको आरोप अन्य दलहरुले लगाएका छन् । नेकपा माओवादी केन्द्र र एकीकृत समाजवादीका प्रतिनिधि बाहेक तीन दलबीच आइतबार बसेको बैठकले आपसी सहमतिमा छुट्टै मेयर उम्मेदवार उठाएर वडा तहसम्म गठबन्धन गर्ने निर्णय गरेको छ ।

निर्णयबारे जानकारी दिन सार्वजनिक गरिएको विज्ञप्तिमा नेपाली कांग्रेसका नगर सभापति छविलाल शर्मा, जसपा केन्द्रीय सदस्य भरत खड्का र जनमोर्चाका केन्द्रीय सदस्य धर्मानन्द सुवेदीले विज्ञप्ती हस्ताक्षर गरेका छन् ।

जीतपुरसिमरा माओवादी केन्द्रको राम्रो पकड भएको उपमहानगरपालिका मानिन्छ । त्यसैले सत्ता गठबन्धनको केन्द्रमा बसेको बैठकले भागबण्डा गर्दा जितपुर सिमराको मेयर उम्मेदवार माओवादी केन्द्रलाई दिने सहमति भएको थियो । तरमेयर पाउने पार्टीले सहमतिमा लचकता नदेखाएको भन्दै माओवादी केन्द्रविरुद्ध अन्य दलले गठबन्धन गरेका हुन् ।

‘मेयर पाउने पार्टीले बढी लचकता देखाउनुपर्नेमा गठबन्धनको भावना र शक्ती सन्तुलनको नियम विपरीत नेकपा माओवादीले आफ्नो गतिविधि बढाएकाले माओवादी बाहेकका गठबन्धनका अन्य दलले छुट्टै मेयरका उम्मेदवार खडा गरी प्रत्येक वडा तहसम्म गठबन्धन गर्ने निर्णय गरियो,’ विज्ञप्तीमा लेखिएको छ ।

केन्द्रबाट नै गठबन्धन भएकोले अन्य दलबाट मेयर पदको उम्मेदवारका लागि टिकट वितरण नहुनेमा माओवादी केन्द्र भने ढुक्क देखिन्छ ।

हेर्नुस् विज्ञप्ति-

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?