+
+

कञ्चनरुपमा एमालेले रातारात उपमेयरको उम्मेदवार परिवर्तन गरेको अन्य दलको आरोप 

अनलाइनखबर अनलाइनखबर
२०७९ वैशाख १३ गते १४:४१

१३ वैशाख, सप्तरी । सप्तरीको कञ्चनरुप नगरपालिकाको उपमेयर पदमा नेकपा एमालेबाट मनोनयन दर्ता गराएकी उम्मेदवारको फाइल रातारात गायब गर्दै अर्कै उम्मेदवारलाई खडा गरेको आरोप लगाउँदै अन्य दलले विरोध गरेका छन् ।

एमालेले उपमेयरको उम्मेदवारको रुपमा असरादेवी चौधरीले समय सीमाभित्रै मनोनयन दाखिला गरेकोमा रातारात उनको फाइल हटाएर निर्वाचनमा खटिएका कर्मचारीले अर्कैको नाम बाहिर ल्याएको उनीहरुको आरोप छ ।

उपमेयर पदमा मनोनयन दाखिला गरेकी असरा चौधरीको उम्मेदवारी समानुपातिक सूचीमा रहेको थाहा पाएपछि निर्वाचन अधिकृत हिमालय बरालले एमाले नेताको इसारामा मध्य रातमा उम्मेदवार परिवर्तन गरेको अन्य दलका उपमेयरका उम्मेदवारहरुले आरोप लगाएका छन् ।

उपमेयरका उम्मेदवारहरु नेपाली कांग्रेसकी मुना पोखरेल, नेकपा माओवादी केन्द्रका बन्सी चौधरी, जनमत पार्टीकी सम्झना राणा, जसपा नेपालकी कल्पना चौधरी, नेकपा (एकीकृत समाजवादी)की होमकुमारी पोखरेलले मध्यरातमा भएको गतिविधि खारेज गर्न माग गर्दै निर्वाचन अधिकृत समक्ष निवेदन दिएका छन् ।

निवेदनमा स्थानीय तहको निर्वाचनको सन्दर्भमा कञ्चनरुप नगरपालिकाको उम्मेदवारी दाखिला गर्ने विषयमा निर्वाचन कार्यालयले मध्यरातमा उम्मेदवारी परिवर्तन गरेको उल्लेख छ । एमाले उपमेयरको उम्मेदवारको रुपमा असरादेवीचौधरीले समय सीमाभित्र मनोनयन दाखिला गरेको तर उनको उम्मेदवारी बदर हुने अवस्था देखेपछि निर्वाचन कार्यालयले एमाले नेताहरुलाई सूचीत गरी मध्यरातमा फाइल नै परिवर्तन गराई कल्पना चौधरीको नाम उपमेयरको उम्मेदवारको सूचीमा सार्वजनिक गरेको निवेदनमा उल्लेख छ ।

निर्वाचन कार्यालयबाट भएको उक्त कार्यले निष्पक्ष निर्वाचन हुने कुरामा प्रश्नचिन्ह खडान भएको उनीहरुले निवेदनमा उल्लेख गरेका छन् । निवेदनमा निर्वाचन कार्यालयबाट भइरहेको यस्ता किसिमका गतिविधि अविलम्ब रोक्न, मध्यरातमा दाखिला गरिएको उम्मेदवारी खारेज गर्न, दोषीलाई कारबाही गर्न माग गरिएको छ । मागको सुनुवाइ नभए निर्वाचन कार्यालयमा तालाबन्दी गर्दै आन्दोलनमा उत्रने चेतावनी उनीहरुले दिएका छन् ।

हेर्नुहोस् निवेदन :

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?