+
+

मनाङमा महिला उम्मेदवार पाउनै मुस्किल

रासस रासस
२०७९ वैशाख १३ गते १७:२५

१३ वैशाख, मनाङ । वैशाख ३० गते स्थानीय तहको निर्वाचनका लागि मनाङमा महिला उम्‍मेदवार पाउनै मुस्किल भएको छ ।

मनाङमा महिलाका लागि नै तोकिएको सङ्ख्या पूर्तिसमेत हुन सकेको छैन । जिल्लामा सबैभन्दा बढी मतदाता महिला नै भए पनि उम्मेदवार बन्न भने चाहने महिला भने देखिएका छैनन् । मनोनयन दर्ताको समय सकिएको छ तर पनि महिलाकै लागि तोकिएको गाउँपालिका र वडामा आवश्यक संख्‍या पुर्‍याउनै मुस्किल भएको छ ।

हालसम्म पनि सडक सञ्जालसँग नजोडिएको नार्पाभूमि गाउँपालिकाका पाँच वडामा निर्वाचनका लागि दलित महिला सदस्यको उम्मेदवारी नै परेको छैन । दलित महिला सदस्यका लागि वडामा उम्मेदवारी मनोनयन नपरेको निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।

उक्त गाउँपालिकाका पाँच वडामा दलितसहित दश महिला सदस्यको कोटा सुनिश्चित छ तर गाउँपालिकामा चार जनाको मात्रै उम्मेदवारी परेको निर्वाचन कार्यालयका प्रमुख निर्वाचन अधिकारी पुष्पराज आचार्यले जानकारी दिए ।

उनका अनुसार दलित महिलाको उम्मेदवारी नै दर्ता भएको छैन भने महिला सदस्यमा चार जनाको उम्मेदवारी परेको छ । स्थानीय तहको निर्वाचनमा जिल्लामा ५६ महिला सदस्यको सिट सुनिश्चित गरिएको छ ।

नार्पाभूमिमा दश सदस्य आवश्यक भएकामा सो सदस्य सङ्ख्या पूर्ति भएको छैन भने अन्य पालिकामा पनि महिला उम्मेदवार पाउनै मुस्किल हुँदा कुनै पनि राजनीतिक दलले उम्मेदवार तयार गर्न सकेका छैनन् ।

ङिस्याङ गाउँपालिकाका विभिन्न वडामा १८ महिला सदस्यको सिट सुनिश्चित छ । यहाँ दलित महिला सदस्यसहित कूल १६ महिला सदस्यको उम्मेदवारी दर्ता भएको कार्यालयले जनाएको छ ।

कार्यालयका अनुसार महिला सदस्यमा नौ र दलित महिला सदस्यमा सात जनाको उम्मेदवारी दर्ता भएको छ । उक्त गाउँपालिकामा पनि महिलाका लागि सुनिश्चित सिट पूर्ण भएको छैन ।

त्यस्तै सदरमुकाम चामे गाउँपालिकामा पनि सुनिश्चित सिटमा महिलाको उम्मेदवारी परेको छैन । चामेका विभिन्न वडामा गरी १८ महिलाका लागि सिट सुनिश्चित भए पनि सदस्यमा सात र दलित महिला सदस्यमा सात जनाको मात्रै उम्मेदवारी दर्ता भएको उक्त कार्यालयले जनाएको छ ।

नासों गाउँपालिकामा भने केही महिला सदस्यबीच प्रतिस्पर्धा हुने देखिएको छ । यहाँ सत्तारुढ गठबन्धन र एमालेबाट उम्मेदवारी दर्ता भएको छ । नासोंका विभिन्न वडामा महिलाका लागि १८ सिट रहेकामा १४ महिला सदस्य र आठ दलित महिला सदस्यको उम्मेदवारी दर्ता भएको छ ।

जिल्लामा नेपाली कांग्रेस, नेकपा एमाले, नेकपा माओवादी केन्द्र र एकीकृत समाजवादी पार्टीलगायत दलले दल दर्ता गराएका छन् । जिल्लाका केही स्थानको चुनावमा कांग्रेस र एमालेबीच नै गठबन्धन भएको जस्तो देखिएको छ ।

भागबन्डा लगाएर कांग्रेसले वडाध्यक्षको उम्मेदवारी दिएको स्थानमा एमालका तर्फबाट उम्मेदवारी परेको छैन भने एमालेले उम्मेदवारी दर्ता गराएको स्थानमा कांग्रेसले उम्मेदवार तयार गरेको छैन ।

लेखकको बारेमा
रासस

रासस (राष्ट्रिय समाचार समिति) नेपालको समाचार संस्था हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?