+
+
WC Series
Won सुदूरपश्चिम रोएल्स 2025
155/7 (20)
VS
Sudurpaschim Royals won by 77 runs
विराटनगर किंग्स 2025
78/10 (14.1)
Shares

माओवादीले पनि कांग्रेसकै घोषणापत्र स्वीकार्‍यो : एमाले महासचिव पोखरेल

अनलाइनखबर अनलाइनखबर
२०७९ वैशाख १३ गते १७:२१

१३ वैशाख, काठमाडौं । नेकपा एमालेका महासचिव शंकर पोखरेलले नेकपा माओवादी केन्द्रले आफ्नो चुनावी घोषणापत्र पनि बनाउन नसकेको टिप्पणी गरेका छन् ।

काठमाडौंमा पार्टीको सम्पर्क समन्वय कमिटीले आयोजना गरेको कार्यक्रममा उनले माओवादीले पनि कांग्रेसकै घोषणापत्र स्वीकार गरेको बताए ।

‘माओवादी केन्द्रको हालत के छ भने उसले आफ्नो राष्ट्रिय चुनावी घोषणापत्र सार्वजनिक गर्ने हैसियत पनि गुमाएको छ, उसको घोषणापत्र के हो भन्दा नेपाली कांग्रेसको छातामुनि चुनाव लड्ने भएपछि कांगेसको घोषणापत्र माओवादीको घोषणापत्र बन्न पुगेको छ’ उनले भने ।

माओवादी केन्द्र अब कांग्रेसको छत्र छायाँमा चुनाव लड्ने र कांग्रेसको सहयोगी दल बनेको महासचिव पोखरेलले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?