
१३ वैशाख, धनकुटा । धनकुटाको पाख्रीबास नगरपालिका मेयर बृषबहादुर राईले नेकपा एमाले परित्याग गरेको घोषणा गरेका छन् । नगरप्रमुख राईले फेसबुक स्ट्याटस लेख्दै पार्टी परित्याग गरेको लेखेका छन् ।
२०७४ सालको स्थानीय तह निर्वाचनमा राईको नेतृत्वमा एमालेले क्लिन स्वीप अर्थात सबै ५२ सिट नै जितेको थियो ।
उनी मेयरको आकांक्षी थिए । एमालेले पाख्रीबासको उम्मेद्वार छनौटको क्रममा राई असन्तुष्ट रहँदै आएका उनी निकट एक कार्यकर्ताले बताए । तर राईले भने मेयर नपाएर नभई अरु नै कारणले पार्टी छाडेको बताए ।
एमालेको तर्फबाट भीम राई पाख्रीबासको मेयर उम्मद्वार बनेका छन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

खुसी

दुःखी

अचम्मित

उत्साहित

आक्रोशित
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4