+
+

एकीकृत समाजवादी मकवानपुरका अध्यक्ष पोखरेलसहित १५ जनाले दिए सामूहिक राजीनामा

अनलाइनखबर अनलाइनखबर
२०७९ वैशाख १४ गते १६:०२

१४ वैशाख, काठमाडौं । एकीकृत समाजवादी मकवानपुर अध्यक्ष श्रीधर पोखरेलसहित १५ जनाले दिए सामूहिक राजीनामा दिएका छन् ।

एमालेबाट जे भनेर विद्रोह गरेको त्यही प्रवृति एकीकृत समाजवादीमा देखा परेकाले आफूले राजीनामा दिएको अध्यक्ष पोखरेलले बताए ।

‘एमालेमा विधि र पद्धति भएन भनेर विद्रोह गर्‍यौं । अहिले सोही प्रवृतिको सिकार हुने स्थिति आएपछि पार्टीबाट अलग हुने निर्णय लिएको हुँ’ उनले अनलाइनखबरसँग भने ।

पोखरेलसँगै जिल्ला सचिवालय सदस्य वीरेन्द्र डीसीसहित चार जना सचिवालय सदस्य र १० जना जिल्ला कमिटी सदस्यले सामुहिक राजीनामा दिएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?