+
+

अनौठो मन्दिर जहाँ कालीमातालाई चाउचाउ चढाइन्छ !

अनलाइनखबर अनलाइनखबर
२०७९ वैशाख १४ गते १७:४९

१४ वैशाख, काठमाडौं ।  छिमेकी मुलुक भारतको टंगरा क्षेत्रमा चाइनिज काली मन्दिर छ । उक्त क्षेत्र चाइना टाउनको नामले चिनिन्छ । उक्त मन्दिर तिब्बती शैलीको छ । उक्त मन्दिरको गल्लीमा पूरानो कलकत्ता तथा पूर्वी एसियाको सुन्दर संस्कृतिको झलक देख्न सकिन्छ ।

मन्दिरमा प्रसादको रुपमा केवल चिनिया परिकार मात्र चढाइन्छ । जसमा चाउचाउ, चाउमिन लगायतका चिनिया परिकार हुन्छन्। साथै मन्दिरमा केवल चिनियाँ अगरबत्ती मात्र जलाइन्छ ।

प्रसादको अलावा मन्दिर परिसरको वासना पनि नितान्त फरक हुन्छ । एकजना बंगाली पुजारीले मन्दिरमा पुजा गर्दछन् र खराब आत्माहरु भ्गाउने भन्दै त्यहाँ समय समयमा हाते कागज पोल्ने गरिन्छ ।

उक्त काली मन्दिरमा चिनिया प्रसाद चढाउनुको एक खास कारण छ । झण्डै २० वर्षअघि चिनिया तथा बंगाली मानिसहरुको दान रकमबाट उक्त मन्दिर बनाइएको हो । उक्त मन्दिर भएको ठाउँमा ६० वर्षअघि देखि नै एक रुखमुनि देवीको पुजा गरिँदै आएको थियो ।

स्थानीयहरुका अनुसार धेरै वर्षअघि भएको एक घटनामा एकजना बिरामी चिनिया युवकलाई सोही ठाउँमा राखेर प्रार्थना गरेपछि निको भएका कारण त्यहाँ मन्दिरको निर्माण गरिएको थियो र त्यो ठाउँ हिन्दु र चिनिया समुदायको लागि आस्थाको केन्द्र बनेको थियो ।

चिनियाँहरु आएर उक्त मन्दिरमा चाउचाउ लगायतका परिकार प्रसादको रुपमा चढाउन थालेपछि त्यहाँ चिनिया चिजमात्रै चढाउने चलन बसेको हो । एजेन्सीको सहयोगमा

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?