+
+

सत्ता गठबन्धनलाई बागीको भारी

अनलाइनखबर अनलाइनखबर
२०७९ वैशाख १४ गते २२:३५

१४ वैशाख, काठमाडौं । स्थानीय तह निर्वाचनमा देशैभर तालमेल गर्न नसकेका पाँचदलीय सत्ता गठबन्धनलाई सहमति भएका ठाउँहरुमा पनि बागी उम्मेदवारको भारी अर्को चुनौती बनेको छ ।

देशभरका पालिकामा नेपाली कांग्रेसबाट करिब दुई सयभन्दा बढी, माओवादी केन्द्रबाट १६ वटाभन्दा बढी र केही ठाउँमा एकीकृत समाजवादीको उम्मेदवारले पनि बागी मनोनयन दर्ता गराएका छन् ।

चितवनको भरतपुर महानगरमा गठबन्धनका तर्फबाट माओवादी केन्द्रले प्रमुख र नेपाली कांग्रेसले उपप्रमुख पाएको छ । प्रमुखमा माओवादी केन्द्रकी रेनु दाहाल र कांग्रेसका चित्रसेन अधिकारीले मनोनय दर्ता गराएका छन् । तर लामो समयदेखि महानगरको प्रमुख माओवादी केन्द्रलाई दिने विषयमा असन्तुष्ट स्थानीय कांग्रेसका तर्फबाट पूर्व सांसदसमेत रहेका जगन्नथा पौडेलले उम्मेदवारी दर्ता गराए । त्यसले चिवतनमा गठबन्धनी साझा उम्मेदवार दाहालमाथि चुनौती थपियो । यही कारण दलहरूबीच असमझदारी बढ्ने भएपछि पार्टीका बागी उम्मेदवार पौडेललाई फकाउन कांग्रेस नेता तथा गृहमन्त्री बालकृष्ण खाँण बुधबार दिउँसो भरतपुर पुगे ।

गृहमन्त्री खाँणले भरतपुर पुग्ने बित्तिकै आफू असन्तुष्ट नेता कार्यकर्तालाई सम्झाउन आएको बताए । ‘मन र Åदय लिएर आएको छु, कि सबै नेपाली कांग्रेसका नेताहरूलाई सम्मान गर्न सकियोस्,’ उनले भने ।

उनले गठबन्धन आफूले चाहेजस्तो नहुने र अर्को राजनीतिक शक्तिसाग पनि छलफल गर्नुपर्ने भन्दै एक कदम पछाडि हट्नुपर्ने बताए । गठबन्धनका कारण पार्टीका मतदाता नगुम्ने दाबी गर्दै उनले भने, ‘संविधान र लोकतन्त्रका लागि पनि गठबन्धनको रक्षा गर्नु हाम्रो दायित्व हो ।’

मंगलबार मात्रै माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड आफैं चितवन पुगेर फर्किएका थिए । चितवन पुगेका प्रचण्डले कांग्रेसका बागी उम्मेदवार जगन्नाथ पौडेल र उनी पक्षका केही नेता कार्यकर्तासँग छलफल गर्ने प्रयास गरेपनि सफल हुन सकेनन् । केही समय चितवनमा बिताएका प्रचण्डले कांग्रेसका गठबन्धन समर्थित नेता कार्यकर्तासँग मात्रै भेटेर काठमाडौं फर्किएपछि बुधबार बिहानै गठबन्धनको बैठक बस्ने वातावरण बनाएका थिए ।

भरतपुरमा मात्र होइन, केन्द्रले भागवण्डा गरेको महानगर र उपमहागरपालिका तथा तल्लो तहमा सहमति भएका पालिहरुकामा पनि बागी परेको छ । पार्टीभित्रका आकांक्षीलाई व्यवस्थापन गर्न नसकिरहेको अवस्थामा गठबन्धनका साझा उम्मेदवार तय गर्नुपर्ने भएपछि बागी धेरै परेका हुन् ।

बागी मनोनयनकै कारण तालमेल भएका ठाउँमा पनि गठबन्धनका साझा उम्मेदवारमाथि दबाव बढेको छ । मनोनयन फिर्ता लिन आयोगले तोकेको अन्तिम मिति १६ वैशाखसम्म बागीलाई फकाउन दलका नेताहरूको प्रयास सुरु भएको छ ।

जताततै बागी

पोखरा महानगरमा गठबन्धनबाट प्रमुखमा नेकपा एकीकृत समाजवादी र उपप्रमुखमा नेपाली कांगेसले उम्मेदवारी उठाएको छ । केन्द्रको निर्णयप्रति असन्तुष्टि जनाउँदै कांग्रेसका नेताहरु ऋषि सापकोटा, नन्दप्रसाद तिवारी र विमलबहादुर कार्कीले प्रमुखमा उम्मेदवारी दिएका छन् ।

विराटनगर महानगरमा केन्द्रबाटै गठबन्धनको निर्णय भएको थियो, जसअनुसार कांग्रेसबाट नागेश कोइरालाले प्रमुख र जसपाबाट अमरेन्द्र यादवले उपप्रमुखमा उम्मेदवारी दिएका छन् । वडा तहमा नमिलेको भन्दै माओवादी केन्द्रबाट प्रमुख र उपप्रमुख दुवै पदमा उम्मेदवारी दर्ता गराएका छन् । माओवादी केन्ऽ विराटनगर कमिटी सहसचिव मेनुका मैनालीले प्रमुख र उपप्रमुखमा माओवादी केन्ऽ, विराटनगरकी सचिव नमिता न्यौपानेले उम्मेदवारी दर्ता गराएका छन् ।

उपमेयर पाएको जसपाका नेता उमेश यादवले पनि पार्टी परित्यागको घोषणा गरेरै मेयरमा बागी दिएका छन् ।

केन्द्रबाटै निर्णय भएको ललितपुर महानगरमा प्रमुख माओवादी र उपप्रमुख माओवादी केन्द्रले पाएका थिए । तर एकीकृत समाजवादीले गठबन्धनका प्रमुख र उपप्रमुखका उम्मेदवारविरुद्ध बागी उठाएको छ । प्रमुखमा हरिकृष्ण थापा र उपमेयरमा उषा बज्राचार्यले उम्मेदवारी दिएका छन् ।

कांग्रेस र माओवादी केन्द्रले तालमेल गरेको महोत्तरीको बर्दिवास नगरपालिकाको प्रमुखमा दुवै दलको बागी उम्मेदवारी परेको छ । मेयरमा माओवादी केन्ऽबाट राजु खड्काले उम्मेदवारी दर्ता गराएका छन् । माओवादी केन्ऽकै नेता रुऽ सुस्लिङ मगरले उनीविरुद्ध बागी उम्मेदवारी दर्ता गराएका छन् ।

नवलपरासीको कावासोती नगरपालिकामा पनि कांग्रेसका ३ जना बागी उम्मेदवारले मनोनयन दर्ता गरेका छन् ।

गठबन्धनबाट कांग्रेसले महेन्ऽप्रसाद पोख्रेललाई उम्मेदवार बनाएको छ । तर असन्तुष्ट बनेका कांग्रेसका नारायणप्रसाद पन्त, कमलराज गुरौ र बालकृष्ण पाण्डेले प्रमुखमा स्वतन्त्र उम्मेदवारी दर्ता गराएका छन् ।

कैलालीमा नेपाली कांग्रेसले प्रमुख पाएका लम्कीचुुहा नगरपालिका र जानकी गाउँपालिकामा सहमति तोड्दै माओवादी केन्ऽले उम्मेदवारी दिएको छ । कांग्रेसको भागमा परेको लम्कीचुुहामा प्रमुखकै विषयलाई लिएर पार्टीभित्र आन्तरिक किचलो छ भने माओवादीका  लोकराज ढकालको पनि उम्मेदवारी परेको छ । जानकी गाउँपालिकामा कांग्रेसका परशुराम महतो कठरीया गठबन्धनका आधिकारिक उम्मेदवार छन् भने माओवादीले विष्णुुकुमारी बमको मनोनयन दर्ता गराएको छ ।

गौरीगंगा र भजनी नगरपालिका तथा कैलारी र मोहन्याल गाउँपालिका माओवादी केन्ऽले पाएको थियो । यहाँ कांग्रेसले उपप्रमुखका उम्मेदवार उठाउने सहमति भएको थियो । तर, गौरीगंगा नगरपालिका र भजनी नगरपालिका बाहेक कैलारी गाउँपालिकामा कांग्रेसले पनि उम्मेदवार उठाएको छ । एकीकृत समाजवादीको भागमा घोडाघोडी नगरपालिका र चुरे गाउँपालिका परेको थियो, तर चुुरे गाउँपालिकामा कांग्रेस र माओवादी केन्ऽले पनि उम्मेदवार उठाएका छन् ।

कर्णालीको हुम्ला जिल्लामा रहेका सात स्थानीय तहमध्ये ६ पालिका अध्यक्ष र ७ उपाध्यक्षमा बागी उम्मेदवारी परेको छ ।

तालमेलका लागि गठबन्धनको निर्देशन

बुधबार प्रधानमन्त्री निवास बालुवाटारमा बसेको पाँच दलीय सत्ता गठबन्धनको बैठकबाट दलहरूले तालमेलको सहमति कार्यन्वयनका लागि पुनः मातहतका संयन्त्रलाई निर्देश्न दिएका छन् ।

शीर्ष नेताहरूको बैठकले ६ महानगर र ११ उपमहानगरपालिकामा गठबन्धनको निर्णय विपरीत दर्ता भएका उम्मेदवारी फिर्ता गर्ने समझदारी गरेका छन् । गठबन्धनभित्रका दलका सदस्यले स्वतन्त्र हैसियतमा दर्ता गराएका उम्मेदवारी फिर्ता गराउन सम्बन्धित दलले आवश्यक पहल लिन सहमति शीर्ष नेतृत्वले गरेको छ ।

साथै गठबन्धनभित्रका दलहरूले कुनै पनि तहमा गठबन्धनबाहेकका दलसँग तालमेल नगर्ने र तालमेल गरेको ठाउँमा सम्बन्धित दलले अविलम्ब खारेज गर्ने निर्णय पनि सत्ता गठबन्धनले गरेको छ ।

 

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?