+
+

लुम्बिनीमा ४ दलबीच ५ बुँदे सहमति, महरालाई मुख्यमन्त्री बन्न अझै पुगेन बहुमत

अनलाइनखबर अनलाइनखबर
२०८० चैत २२ गते १५:१८

२२ चैत, काठमाडौं । लुम्बिनी प्रदेशमा चार दलबीच माओवादीको नेतृत्वमा सरकार गठन गर्ने सहमति भएको छ । सत्ता गठबन्धनका नेकपा एमाले, जनता समाजवादी पार्टी (जसपा), एकीकृत समाजवादी र एक स्वतन्त्र सांसदले मुख्यमन्त्रीमा माओवादी संसदीय दलका नेता जोखबहादुर महरालाई समर्थन गर्ने सहमति गरेका हुन् ।

सबै दलको अपनत्व हुने गरी प्रदेश सरकारबाट गरिने सबै राजनीतिक नियुक्तहरू गर्ने पनि सहमतिमा उल्लेख छ ।

सत्ता गठबन्धनका दलहरूले समर्थन गरे पनि मुख्यमन्त्री दाबीका लागि महरालाई बहुमत पुगेको छैन । ८७ सदस्यीय प्रदेशसभामा बहुमतका लागि ४४ प्रदेश सांसदको समर्थन चाहिन्छ ।

सत्ता गठबन्धनसँग एमाले (२९), माओवादी (सभामुख बाहेक ८), जसपा (३), एकीकृत समाजवादी (१) र स्वतन्त्र सांसद खड्ग बस्नेत गर्दा ४२ मात्र हुन्छ ।

गठबन्धनका नेताहरुले ४ सांसद रहेको नागरिक उन्मुक्ति पार्टी (नाउपा)को समर्थन गरेको छ । तर नाउपामा विवाद छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?