+
+

महिला लिग छनोटमा लुम्बिनीको पहिलो जित

अनलाइनखबर अनलाइनखबर
२०८१ वैशाख १२ गते ६:१७

१२ वैशाख, काठमाडौं । लुम्बिनी प्रदेशले महिला लिग छनोटमा पहिलो जित हात पारेको छ । सुर्खेतस्थित कर्णाली स्टेडियममा भएको खेलमा लुम्बिनीले बागमती प्रदेशलाई ३-१ ले पराजित गरेको हो ।

लुम्बिनीका लागि सुशिला केसीले ४०औं, कप्तान ममता पुनले ५९औं र प्रतिक्षा ठकुरीले ८२औं मिनेटमा गोल गरे ।

त्यसअघि बागमतीका लागि सुमिता तामाङले २४औं मिनेटमा गोल गर्दै अग्रता दिलाएकी थिइन् । तर त्यसलाई बागमतीले कायम राख्न सकेन भने लुम्बिनीले पुनरागमन गर्दै जित निकाल्यो ।

जितपछि लुम्बिनीले २ खेलबाट ३ अंक जोडेको छ । लुम्बिनी पहिलो खेलमा गण्डकीसँग ४-२ ले पराजित भएको थियो ।

बागमतीको यो लगातार दोस्रो हार हो । यसअघि पहिलो खेलमा बागमती मधेश प्रदेशसँग ४-० ले पराजित भएको थियो ।

दुई खेलमा पराजित बागमती अंकविहीन हुँदै पुछारमा छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?