+
+

वर्षाको गोलमा कर्णालीको पहिलो जित

अनलाइनखबर अनलाइनखबर
२०८१ वैशाख ११ गते ७:५९

११ वैशाख, काठमाडौं । वर्षा ओलीको एक मात्र गोलमा कर्णाली प्रदेशले महिला लिग छनोटमा पहिलो जित हात पारेको छ ।

सुर्खेतस्थित कर्णाली स्टेडियममा सोमबार भएको खेलमा घरेलु टोली कर्णालीले मधेश प्रदेशलाई १-० ले पराजित गरेको छ ।

कर्णालीका लागि वर्षाले पहिलो मिनेटमै गोल गर्दै अग्रता दिलाएकी थिइन् र त्यही गोल ३ अंक दिलाउन निर्णायक बन्यो ।

यसअघि कर्णाली पहिलो खेलमा कोशी प्रदेशसँग ३-० ले पराजित भएको थियो ।

पहिलो खेलमा बागमतीलाई ४-० ले हराएको मधेशको यो पहिलो हार हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?