+
+

मुख्यमन्त्री शर्मालाई मनाउन कर्णालीमा एमाले-माओवादीको संयुक्त बैठक

अनलाइनखबर अनलाइनखबर
२०८० चैत २० गते १३:५८
एमाले नेता यामलाल कंडेल र मुख्यमन्त्री राजकुमार शर्मा ।

२० चैत्र, सुर्खेत । नेकपा एमाले संसदीय दलका नेता यामलाल कँडेल प्रदेश इन्चार्ज लेखराज भट्ट सहित पुनः मुख्यमन्त्री निवासका पुगेका छन् ।

साँढे १ बजे इन्चार्ज भट्टसहित कँडेल मुख्यमन्त्री राजकुमार शर्माको निवासमा छलफलका लागि पुगेका हुन् ।

नेता कँडेलले मंगलबार बिहान मात्रै एक घण्टा मुख्यमन्त्री शर्मासँग छलफल गरेका थिए । तर, दुवै नेताहरु आआफनो अडानबाट टसकिमस नभएपछि छलफल निषकर्षाविहीन भएको थियो ।

बिहान ११ बजेदेखि कर्णालीका पूर्वमुख्यमन्त्री समेत रहेका माओवादी नेता महेन्द्रबहादुर शाही, प्रदेश इन्चार्ज कालीबहादुर मल्ल, प्रदेश अध्यक्ष बिमला केसी र मुख्यन्त्री शाहीसहितका नेताहरु मुख्यन्त्री निवासमा छलफल भइरहेको छ ।

सोही छलफल चलिरहँदा थप छलफलका लागि फेरि कँडेल र भट्टलाई बोलाइएको माओवादीका एक सांसदले जानकारी दिए । ‘दुई तीनवटा सम्भावनाबारे छलफल भइरहेको छ । कँडेल र भट्टजी पनि आउँनु भएको छ । छलफल चलिरहेको छ । एक खालको सहमति जुट्ला अब,’ ती नेताले भने ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?