+
+

नेपालीको प्रतिव्यक्ति आय १३७२ डलर, एक वर्षमा बढ्यो १६ हजार रुपैयाँ

अनलाइनखबर अनलाइनखबर
२०७९ वैशाख १५ गते १५:२१

१५ वैशाख, काठमाडौं । नेपालको प्रतिव्यक्ति आय १३७२ अमेरिकी डलर पुगेको छ । यो रकम गत आर्थिक वर्ष २०७७/७८ को तुलनामा १६ हजार २२६ रुपैयाँ बढी हो ।

केन्द्रीय तथ्याङ्क विभागले बिहीबार सार्वजनिक गरेको राष्ट्रिय लेखा तथ्याङ्क विवरण अनुसार नेपालीको प्रतिव्यक्ति आय वाषिर्क १३७२ अमेरिकी डलर पुगेको हो । गत आव २०७७/७८ मा प्रतिव्यक्ति आय १२३९ अमेरिकी डलर रहेको थियो ।

केन्द्रीय तथ्याङ्क विभागका अनुसार आर्थिक वर्ष २०७६/७७ मा भने प्रतिव्यक्ति आय ११५६ अमेरिकी डलर रहेको थियो । विभागले बिहीबार राष्ट्रिय लेखा तथ्याङ्क सार्वजनिक गरेको हो ।

जसअनुसार यस वर्ष आर्थिक वृद्धिदर सरकारले लिएको लक्ष्यको तुलनामा केही कम हुने गरि ५.८४ प्रतिशत कायम हुने देखिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?