+
+

गठबन्धनको बैठक : बागी उम्मेदवारी तत्काल फिर्ता लिन पुन: निर्देशन

अनलाइनखबर अनलाइनखबर
२०७९ वैशाख १६ गते ११:४९
फाइल तस्वीर

१६ वैशाख, काठमाडौं । सत्ता गठबन्धनको बैठकले महानगरपालिका र उपमहानगरपालिकाका प्रमुख तथा उपप्रमुख पदमा परेका बागी उम्मेदवारी तत्कालन फिर्ता लिने निर्णय गरेको छ ।

आज प्रधानमन्त्री निवास बालुवाटारमा बसेको गठबन्धनका शीर्ष नेताहरुको बैठकले उक्त निर्णय गरेको हो ।

केन्द्रबाट भएको सहमति विपरीत गठबन्धन दलबाट दर्ता भएका उम्मेदवारी फिर्ता नलिए सम्बन्धित दलले कारबाही गर्ने निर्णय पनि बैठकले गरेको छ ।

साथै पाँच दलीय गठबन्धनभन्दा बाहिर अन्य दलहरुसँग भएको तालमेल तत्काल खारेज गर्ने निर्णय पनि बैठकले गरेको छ ।

चितवनको भरतपुर महानगरपालिकामा गठबन्धनको सहमति विपरीत कांग्रेसका जगन्नाथ पौडेलले मेयर पदमा उम्मेदवारी दर्ता गराएका छन् । यसैगरी सिन्धुपाल्चोकको सुनकोशी गाउँपालिकामा नेकपा एमाले र माओवादी केन्द्रबीच चुनावी तालमेल गरिएको छ ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?