+
+

बनेपाका मेयर वादेले त्यागे एमाले

अनलाइनखबर अनलाइनखबर
२०७९ वैशाख १७ गते १५:०९

१७ वैशाख, काठमाडौं । बनेपा नगरपालिकाका मेयर लक्ष्मीनरसिंह वादेले नेकपा एमाले परित्याग गरेका छन् ।

वादे यस पटक पनि मेयरको उम्मेदवारको आकांक्षी थिए । तर एमालेले नगर इन्चार्ज रत्नकुश रञ्जितकारलाई उम्मेदवार बनाएको छ । शनिबार पत्रकार सम्मेलन गरेर मेयर वादेले आफ्नो परिवारले नै पार्टी परित्याग गरेको बताए । उनका अनुसार पार्टीमा परिवारका सदस्यसहित ४ जना संगठित सदस्य छन् ।

नेता गोकुल बाँस्कोटाको चर्को आलोचना गरेका उनले भने, ‘मैले बनेपाको एमाले करण गरेको थिएँ । अब यहाँ बसिरहनु आफ्नो सम्मानका लागि घात पर्छ भन्ने सोचेर म र मेरो परिवारका सदस्यहरु साधारण सदस्यबाट समेत राजीनामा दिएको जानकारी दिन चाहन्छु ।’

उनले सोमबार कार्यालय खुले लगत्तै मेयरबाट पनि राजीनामा दिने बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?